काठमाडौं– कांग्रेस सभापतिका उमेदवार शेरबहादुर देउवा अर्का उम्मेदवार विमलेन्द्र निधिलाई भेट्न गएका छन्।
यसअधि अर्का उम्मेदवार प्रकाशमान सिंहको समर्थन लिएर देउवा निधिलाई भेट्न उनको निवासमा पुगेका हुन्। अहिले उनीहरुबीच छलफल भइरहेको एक नेताले बताए।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए। निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।
सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २० मत पाए।
विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।