काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापनमा प्रधानमन्त्री एवं सभापति पदका उमेदवार शेरबहादुर देउवा प्रवेश गरेसँगै उनीविरुद्ध नाराबाजी भएको छ।
मंगलबार लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो।
देउवा चियापनस्थलमा प्रवेश गर्ने बित्तिकै नाराबाजी भएको थियो। पौडेलले देउवालाई मञ्चसम्म पुर्याउना साथ सहभागीहरुले नाराबाजी गरेका थिए।
देउवा मञ्चमा पुग्दा पनि नाराबाजी सुरु भएपछि पौडेले सम्झाउने प्रयास गर्दै साथीहरु यसरी हुँदैन सुन्नुस् र शान्त रहनुस् भनि रहे। होहल्ला नरोकिएपछि पौडेल बाहिरिएका थिए।
उनी बाहिरँदा कित्ता क्लियर गर्न माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।