काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा दोस्रो चरणमा मतदान हुने सम्भावना बढ्दै गएको छ।
सोमबार सम्मन्न निर्वाचनमा सभापतिमा उम्मेदवारहरुले कसैले पनि जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत पाउने नदेखिएसँगै पुन: अर्को चरणमा मतदान हुने देखिएको हो।
मंगबार बिहान गणना गरिएको ४ हजार १७४ मत मध्ये शेरबहादुर देउवाले १९९५ मत पाउँदा अर्का उम्मेदवार शेखरले १५४२ मत पाएका छन्। अब ५०५ मत गणना गर्न बाँकी रहेको अवस्थामा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत नपाउने सम्भावना बढ्दै गएको हो।
यस्तो अवस्थामा बढी मत ल्याउने दुई जना दोस्रो चरणको मतदानमा उम्मेदवार हुने छन्।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।