काठमाडौं– नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको १३ सय भोट गनिएको छ। १३ सय भोट गन्दा सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन्।
हाल देउवाले ६२६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ४८२ मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको ११२, विमलेन्द्र निधिको ७८ तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले ४ मत पाएका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ। मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले बताएका थिए।
सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।कांग्रेस महाधिवेशनमा ४
हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।