काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदका लागि मत खसालिएका मत पेटीकाहरुको पुन: सिलबन्दी गरिन थालिएको छ।
सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि मत खसालिएको मत पेटिकाको सिलबन्दी राम्ररी नगरिएको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टि जनाएपछि पुन: सिलबन्दी गरिन थालिएको हो।
सोमबार दिउँसोदेखि सुरु भएको मतदान राति १२ बजे सकिएको थियो। मतदान सकिएपछि सबै मतदान केन्द्रको मुचुल्का उठाएर मतपेटीकाहरु सिलबन्दी गरिएको थियो।
सभापति पदका लागि मत खसालिएको मतपेटीकाहरु मतगणनाका लागि राष्ट्रिय सभा गृहमा राखिएको थियो भने अरु पदका लागि मत खसालिएको मतपेटीका पार्टी मुख्लाय सानेपा लैजाने तयारी गरिएको थियो।
सभापति पदको मत गणना २ बजेदेखि सुरु गर्ने भनिए पनि निर्धारित समयभन्दा डेढ घण्टा ढिलोसम्म पनि मतगणना सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।