काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ।
मतदान केन्द्रबाट सभापति पदका लागि मत खसालिएको २ वटा मतपेटीकाहरुलाई मतगणनास्थलमा ल्याइसकिएको छ। अर्को १ मतपेटीका ल्याउने तयारी भइरहेको छ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणनाको निगरानीका लागि मतगणनास्थलमा सीसी क्यामरा समेत जडान गरिएको छ।

कांग्रेस उपसभापतिका उम्मेदवार पूर्ण बहादुर खड्का र केन्द्रीय सदस्यका उम्मेदवार रहेका गृहमन्त्री वालकृष्ण खाण मतगणनास्थलमा पुगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले २ बजेदेखि सभापति पदको मतगणना सुरु हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।