काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीका अनुसार मतदान सकिएर मुचुल्का उठाउने तथा मतपेटीकाहरु सिलबन्दी गर्ने प्रक्रिया सुरु भएको छ।
मतपेटीकाहरु सिलबन्दी गरेर मतगणनास्थलसम्म ल्याइनेछ। यो सबै प्रक्रिया पूरा हुन अझै आधा घण्टाको समय लाग्ने उनले बताए।
मुचुल्का उठाउने तथा सिलबन्दी कार्यले मतदानको सबै पक्रिया पूरा हुन साढे १२ बजे सम्मको समय लाग्ने देखिएको उप्रेतीले जानकारी दिए।
मतदानको सबै पक्रिया साढे १२ बजेसम्म पूरा भएमा राति २ बजेदेखि सभापति पदको मतगणना सुरु गर्न सकिने उनले बताए।
'मतदान सकियो। अब सबै मतदान केन्द्रको मुचुल्का उठाएर मतपेटीकाहरु सिलबन्दी गर्न थालिएको छ। यो सबै पक्रिया पूरा गर्न साढे १२ बजे सम्मको समय लाग्ला,' उनले भने, 'साढे १२ बजेसम्म यो पक्रिया सकियो भने राति २ बजेपछि सभापति पदको मतगणना हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।