काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीका अनुसार मतदान गर्ने काम भने अन्तिम चरणमा पुगेको छ। तर, सबै प्रक्रिया पूरा हुन भने राति साढे १२ बजे सम्मको समय लाग्ने आकलन गरिएको उनले जानकारी दिए।
तेस्रो पटक थपिएको समय साढे ११ बजेसम्म धेरै मतदान केन्द्रमा मतदान केन्द्रमा मतदान सकिसकेको छ। केही मतदान केन्द्रमा अझै मतदान पक्रिया जारी रहेको र मुचुल्का उठाउने तथा सिलबन्दी कार्यले मतदानको सबै पक्रिया पूरा हुन साढे १२ बजे सम्मको समय लाग्ने देखिएको उप्रेतीले बताए।
मतदानको सबै पक्रिया साढे १२ बजेसम्म पूरा भएमा राति २ बजेदेखि सभापति पदको मतगणना सुरु गर्न सकिने उनले बताए।
'मतदाताहरु बढी भएको १–२ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। त्यो पनि अब छिट्टै सकिन्छ। मतदानको सबै प्रक्रिया (मुचुल्का उठाउने, मतपेटिका सिलबन्दी गर्ने काम) पूरा हुन साढे १२ बजे सम्मको समय लाग्ला,' उप्रेतीले भने, 'सभापति पदको मतगणना राति २ बजेपछि सुरु हुने गरी तयारी गरेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।