काठमाडौं– भारतीय क्रिकेट टोलीका ओपनर तथा उपकप्तान रोहित शर्माले चोटका कारण दक्षिण अफ्रिकासँगको टेस्ट सिरिज गुमाउने भएका छन्।
रोहितको स्थानमा भारतीय ‘ए’ टोलीका कप्तान प्रियांक पञ्चालले टोलीमा स्थान पाएको छ।
३१ वर्षिय पञ्चालले १ सय प्रथम श्रेणी खेलमा २४ शतक र २५ अर्धशतकसहित ७ हजार ११ रन बनाएका छन्। उत्कृष्ट प्रदर्शन ३ सय १४ रन अविजित छ।
रोहितले गुमाउने भएपछि भारतले उपकप्तान घोषणा गर्ने छ। टेस्टको उपकप्तानमा ऋषभ पन्त वा श्रेयस ऐरको सम्भावना छ।
अजिक्या रहाणेलाई हटाउँदै भारतले रोहितलाई उपकप्तानको जिम्मेवारी दिएको थियो। रोहितले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिज भने खेल्ने सम्भावना छ।
भारतले टी२० आई र ओडिआईमा रोहितलाई कप्तानीको जिम्मेवारी दिसकेको छ। रोहितको उपलब्ध नभएमा उपकप्तान लोकेश राहुलले भारतको ओडिआई टोलीको नेतृत्व गर्नेछन्।
दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतको टेस्ट टोली : विराट कोहली (कप्तान), प्रियांक पञ्चाल , लोकेश राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिक्या रहाणे, श्रेयस ऐर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, जयन्त यादव, ईशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।