काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान अन्तिम चरणमा पुगेको छ। यसअघि तोकिएको समयअवधिमा मतदान नसकिएपछि आज राति १०:३० बजेसम्म मतदानको समय लम्ब्याइएको छ।
बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका रहे पनि मतपत्र तयार नहुँदा ढिलाइ भएको थियो। दिउँसो १२ बजेबाट सुरु भएको मतदान अब भने अन्तिम चरणमा पुगेको हो।
अहिले राति पौने १० बजेसम्म चार हजार ३०० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ। यस महाधिवेशनमा कूल चार हजार ७४३ मतदाता रहेका छन्।
मतदान सकिएपछि आजै रातिबाट सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। अन्य पदको मतगणना भने सभापतिको टुङ्गो लागेपछि मात्र सुरु गरिनेछ।
सभापतिको मत गणना राष्ट्रिय सभा गृह र अन्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।