काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको मतदान अन्तिम चरणतिर पुगेको छ।
महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यका अनुसार निर्वाचनमा राति ८:३० बजेसम्म चार हजार दुई सय जनाले मतदान गरेका छन्।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ।
मतदानका लागि एक जना प्रतिनिधिलाई करिब आधा घण्टाभन्दा बढी समय लागेको जनाइएको छ।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।
यसअघि निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने जनाएको थियो। तर, ५ सय बढीले मतदान गर्न बाँकी रहेकोले राति १० बजेसम्म समय थप गरिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।