काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचन समिति देखाउने दाँतमात्र भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान केन्द्रमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘निर्वाचन समिति देखाउन दाँत मात्र हो। चपाउने दाँत अर्कै छ’, उनले भने ‘संसथापनले जे भन्छ त्यही हुन्छ।’
उनले आफ्नो निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै अहिले पनि यस्तै हुनसक्ने आशंका व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।