काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पहिलो चरणमै जित्ने विश्वाससहित मत खसालेको बताएका छन्।
सोमबार मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू प्रत्यासी नभएकोले नतिजाबारे केही भन्न नमिल्ने बताए। मतपरिणामको प्रक्षेपण पर्यवेक्षकहरुबाट गराउन उनको सुझाव छ।
जारी महाधिवेशनमा सिटौलाले देउवासँग गठबन्धन गरेका छन्। उनीनिकट नेता प्रदीप पौडेल र उमाकान्त चौधरी महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार भएका छन्। उनीहरू देउवा प्यानलबाट उम्मेदवार भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।