तस्बिर : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले मतदान प्रक्रिया जारी छ। सोमबार बिहान साढे ११ बजे सुरु भएको मतदानमा अहिलेसम्म १३ सयभन्दा बढी मत खसेको छ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलको गेटमै बसेर मत मागिरहेका छन्। मतदानस्थल नजिकै देउवा बस्दा मतदाताले असहज महसुस गरेको देखिन्छ।
देउवा मतदानस्थलमै आएर बसेपछि सभापतिका अन्य प्रत्यासी र अन्य उम्मेदवार पनि मतदान स्थलभित्रै आएर मत माग्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।