फाइल तस्बिर। काठमाडौं- कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका नेता शेखर कोइरालाले राज्यसत्ताको दुरुपयोग सम्बन्धमा टिप्पणी गरेका छ्न्।
मतदानस्थलमा राज्यसत्ताको दुरुपयोग सम्बन्धमा पत्रकारहरुलाई उनले भने- 'राज्यसत्तालाई सत्तापक्षले दुरुपयोग गर्दैछ भने कमजोरी कसको हो? सत्ता पक्षको कमजोरी त त्यसै देखियो नि।'
महाधिवेशनमा कोइरालासहित कल्याण गुरुङ, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शेरबहादुर देउवा प्रतिस्पर्धी छन्।
हालसम्म एक हजार ३६५ मत खसेको छ। कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधि (मतदाता) छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।