काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले पहिलो चरणबाटै सभापति निर्वाचित हुने सम्भावना कम रहेको बताएका छन्।
सोमबार मतदान गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै दोस्रो चरणको लागि आफूले रणनीति बनाइनसकेको बताए।
'तेह्रौं महाधिवेशनसम्म मैले अरुलाई सभापति बनाउन मत खसालेँ। यसपटक आफैंलाई सभापति बनाउन मत खसाले,' निधिको भनाइ थियो।
निधिले आफूलाई मत खसाल्न झण्डै ५० मिनेट लागेको बताए। कांग्रेसमा १३४ पदका लागि निर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।