काठमाडौं– नेपाली कांग्रेसको सभापतिका दावेदार प्रकाशनमान सिंहले दोस्रो चरणमा निर्वाचन भएमा वर्तमान सभापति शेरबहादुर देउवालाई हराउने दाबी गरेका छन्।
‘पहिलो चरणमै म विजयी हुन्छु,’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यदि पहिलो चरणमा नतिजा निस्केन भने दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ नै।’ उनले दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु मिलेर लड्ने कुराको संकेत गरे। हाल सभापतिमा पाँच जना उम्मेदवार रहेका छन्।
सभापतिमा देउवासँगै शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिको दावेदार रहेका छन्।
सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि यसअघि नै निर्वाचन दोस्रो चरणमा गएमा आफूहरु देउवाविरुद्ध एक हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।