तस्बिर : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ।
राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदानस्थल राखिएको छ। सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किएका छन्। सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले यसअघि नै मतदान गरिसकेका छन्।
बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो।
कांग्रेसको सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाका साथै नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।