काठमाडौं– नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको अध्यक्षमा श्रीकृष्ण अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन्। नुवाकोट निवासी अधिकारी काठमाडौंमा बसेर राजनीति गर्दै आएका छन्। उनले 'जनयुद्ध'मा रापेछापको बेथान आक्रमणमा दाहिने आँखाको दृष्टि गुमाएका थिए।
काठमाडौं उपत्यकामा बसोबास गर्ने ७७ जिल्लालाई जोड्न सम्पर्क समन्वय समितिको रुपमा सबैलाई जोड्न माओवादीले एक गैरभौगोलिक प्रदेश बनाएको छ। त्यही गैरभौगोलिक अन्ततर्गको प्रदेश अध्यक्षमा अधिकारी चयन भएका हुन्।
उनको नेतृत्वमा १ सय ७५ सदस्यीय प्रदेश कमिटी बनेको एक नेताले बताए। सोही समितिबाट ९ सदस्यीय पदाधिकारी मंगलबार चयन गरिने भएको छ। यसअघि सम्पर्क समन्वय समितिको अध्यक्षमा सत्या पहाडी थिइन्। उनी पार्टी केन्द्रीय सदस्यमा जाने भएपछि प्रदेश अध्यक्ष छोडेकी हुन्।
गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिम्खडा र सचिवमा विद्यार्थी नेता सुरेन्द्र बस्नेत चयन भइककेका छन्। अर्को गैरभौगोलिक प्रवास प्रदेशको अधिवेशन नै अझै उद्घाटन भएको छैन। त्यस प्रदेशले आफ्नो अनुकूल प्रदेश अधिवेशन गरेर नेतृत्व चयन गर्ने बताएको छ। प्रवास समिति अध्यक्ष ओम शर्मालाई बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।