काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुने मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन्। उनी आज मतदान कार्यक्रममा उपस्थित नहुने उनको सचिवालयले जनाएको छ।
जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि उनी असन्तुष्ट बनेका थिए।
यसअघि महाधिवेशन प्रक्रियामै सहभागी नहुने बताएका उनए उद्घाटन समारोहमा भने उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।