• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

विरासतको ‘हिरासत’ र गुटको दलदलभन्दा पर महेशको हाते चिठी

64x64
मिलन बगाले आइतबार, मंसिर २६, २०७८  २२:३२
1140x725

नेपाली कांग्रेस बडेमानका हरिया टंयाकी थापेर १४ औं महाधिवेशन सम्पन्न गर्न तम्तयार छ। यसपालि महाधिवेशनमा विचार र बहस हरायो। कांग्रेसले विचार र बहस पछि गरौंला है भन्यो। विचारलाई उधारोमा राखेर पार्टी सीधै विरासतको ‘हिरासत’भित्र पस्यो। त्यससँगै जन्मिएका नयाँ–नयाँ गुटको दलदलभित्र फस्यो। विरासतको ‘हिरासत’ले आजित बनाएपछि चुनावी खेलमा भाग नलिएर रामचन्द्र पौडेल ‘म्यान अफ दि म्याच’ बने। पदको भागबण्डा नमिलेपछि कांग्रेसका परम्परागत र स्थायी गुटहरु अचानक हावाहुरी आएझैं भत्किए। 

स्थायी गुटहरु तितरवितर भएर नयाँ गुट जन्मने क्रममा ‘यतै लात्ताले पुक्क, उतै लात्ताले पुक्क’ हानिने ‘बैगुनी’ खेलहरु छताछुल्ल भए। यो बैगुनी खेलमा अटेनन् कांग्रेसका पुराना नेता महेश आचार्य। समाउने कुनै गुटगत हाँगो नभए पनि फेदैमा उभिएर भएपनि उनले उपसभापति पदको उम्मेदवारी दिएका छन्। गुटको दलदल र विसारतको हिरासतलाई नै अन्तिम सत्य मानेर महाधिवेशन प्रतिनिधिले भोट हाल्छन् या फेदमै उभिएका महेशको राजनीतिक आर्दशलाई न्याय गर्छन्, त्यो चाहिँ हेर्न बाँकी छ। 

कांग्रेस महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि भोट माग्ने क्रममा अनेकन् झाँकीहरु देखिए। कसैले नाचीनाची भोट मागे। कोही सिंगो रुख नै गाडीमा बोकेर हिँडे। कसैले वाइफाइ हटस्पट बनाएर पासवर्डमा आफ्नो नाम राखेर पासवर्ड लेखिएको पर्चा बाँडे। कसैले छाताभरि पोष्टर टाँसेर त कसैले आफ्नो ‘कटआउट’ चित्र (सर्लक्क मान्छेजस्तो चित्र) बोकेर हिँडे। कतिले आकासे पूलमा समेत फ्लेक्स झुन्ड्याएका छन्। यो तामझाम, रामरमिता र केही हदसम्म ‘सस्तो’ प्रचारबाजीमाझ महेश आचार्यको हस्तलिखित पत्र सामाजिक सञ्जाल र अनलाइनहरुमा देखिएको छ। सफा अक्षरमा सफा राजनीतिक चरित्र भएको मान्छेले लेखेको चिठी। 

महेश सत्ता राजनीतिमा नबिटुलिएका पात्र हुन्। सत्तामा जाँदा गतिलो काम के गरे भन्दा पनि अगतिलो काम चाहिँ गरेनन् भन्नु नै नेपाली राजनीतिमा गर्वको विषय भएको छ। उनी त्यही कमसल गर्वानुभूतिका एक आम र साधारण पात्र हुन्। यस्ता पात्रहरु अरु पार्टीमा पनि छन्। यति हुनु नै हाम्रा लागि ठूलो कुरोजस्तो भएको छ। ‘लुटेर खाँदैन है, ठगेर खाँदैन है’ भन्न पाउनु नै ठूलो कुरो जस्तो भएको छ। 

यसपालि महेशको भागमा गुटको छाता मिलेन। गुटमा नअट्नेहरु अरु पनि धेरै छन्। आफूले खोजेको पद नपाएपछि त्योभन्दा सानो पद लिएर भए पनि गुटको छाता ओढ्नेहरु बाक्लै छन्। रुँदै, कराउँदै, गुम्सिँदै, सुक्सुकाउँदै, सराप्दै गुटभित्रै बस्नेहरु बाक्लै छन्। उपसभापतिभन्दा तलको पद खोजेको भए कुनै न कुनै गुटले उनलाई पनि छाता पक्कै ओढाउँथ्यो होला। आफू उपसभापति किन बन्नु जरुरी छ भनेर स्पष्ट सन्देश दिएका महेशले जबरजस्ती गुटभित्र खाँदिएर जसोतसो राजनीति गर्ने रहर गरेनन्। त्यसैले त उनी रुखको फेदमा उभिएर हस्तलिखित चिठी बाँडिरहेका छन्। तडकभडक प्रचारको छायाँमा परेपनि आफ्नो अर्थपूर्ण आवाज सुनाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको छोटो चिठीले भन्छ– ‘राष्ट्रिय संकटको यो घडीमा पार्टी विचारशून्य भयो, नीतिगत बहस र अग्रसरतामा चुक्यो भने के हुन्छ? मतदान गर्न जाँदा विचार रोज्ने कि गुट? तपाईंको विवेकले उचित निर्णय गर्नेछ।’ उनको चिठीबाट बुझिन्छ, उनी पार्टीमा नीतिगत बहस चलाउन सक्ने पद चाहन्छन्। वैचारिक बहसको अनुशासन नखल्बलियोस् भन्ने चाहन्छन्। पार्टी विचारशून्य बन्यो भने संसदीय राजनीतिको अस्थिरताबाट लाभ उठाउने पार्टी मात्र बन्छ भन्ने कुरा रामचन्द्र पौडेलको विज्ञप्तिमा पनि उल्लेख छ। यस हिसाबले रामचन्द्र पौडेल र महेश आचार्य एकै कित्तामा भिएका छन्। दुवैले वैचारिक बहस बहकिएकोले कांग्रेस विकृति बेचेर खाने पार्टी बनेको भन्दै चिन्ता ब्यक्त गरेका छन्। 

रामचन्द्र पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय लिएर असल काम गरेका छन्। उता र यताको गुट मिलाएर विरासतको काँध थापेर बस्न अब उनलाई सुहाउँदैन। उनले असफल प्रयत्न गरेका चाहिँ हुन्। उनी सभापतिका लागि स्वाभाविक उम्मेदवार थिए, तर विरासतवालाहरुले अस्वाभाविक बनाइदिए। आफू स्वीकार्य नभएपछि त्यो प्रयासमा असफल हुनु नै उनका लागि उचित थियो। भागबण्डाको विकृत राजनीतिमा उनले आफ्नो स्थान अचानक उचो बनाएका छन्। अब उनी गुटको दलदल र विरासतको ‘हिरासत’भित्र नपसून्। भोट पनि नहालून, कुनै गुटको समर्थन पनि नगरुन्। मनोनित केन्द्रीय सदस्य हुने, आफ्ना मान्छेका लागि भाग खोजिदिने लोभ पनि नगरून्। 

लोभ र लाभको राजनीतिमा पौडेल परैबाट प्रष्ट सुनिने र देखिने नेता भएका छन्। तर, उनले महेश आचार्यका लागि चाहिँ भोट मागिदिऊन्। महेश आचार्य कुनै पनि गुटको दलदलमा छैनन्। पारिवारिक विरासतको हिरासतमा पनि कैद छैनन्। फेदमा उभिएर हाते चिठी बाँडिरहेछन्। उनले उपसभापति जिते भने वैचारिक बहस बहकिन दिने छैनन् भन्ने आश गर्न सकिन्छ। त्यसकारण अरुका विषयमा मौन बसेर रामचन्द्र पौडेलले उनका लागि मत मागिदिनु न्यायोचित देखिन्छ। 

Xtrem
Xtrem

कांग्रेसमा वैचारिक बहस बहकिएकाले नै होला, विकृति बटुलेर भाग खाने पार्टी बनेको होला। केपी ओली प्रधानमन्त्री छँदा कांग्रेस लुसुक्क बालुवाटार पसेर आफ्नो भाग खुसुक्क खाने चरम विकृत प्रतिपक्ष बन्यो। अहिले प्रधानन्यायाधीशका लागि मन्त्रिपरिषदमा भागै छुट्याइदिने चरम तमासे पार्टी बनेको छ। न्यायालयमा न्याय हडताल चलिरहँदा पनि होलटाइमर तमासे बनेको छ। यो तमासालाई प्रश्न गर्न सक्ने र पिँधदेखि वैचारिक बहस चलाउन सक्ने सारथीको काम महेशले पक्कै गर्न सक्छन्। तर, गुटको राजनीतिमा बाँधिएका कांग्रेसी नेता–कार्यकर्ताले महेश आचार्यलाई घनश्याम भुसाल बनाउने खतरा चाहिँ छ। उनीहरुका लागि विजय गच्छदार वा अरु नै पात्र प्रिय हुन सक्छन्। यसो नहोस् भन्नका लागि रामचन्द्र पौडेलले बेलैमा नेता–कार्यकर्तालाई आह्वान गर्न जरुरी छ। पार्टी सत्ताको भर्‍याङ मात्र भयो, संसदीय विचलनमा रमाउने विचौलिया भयो भनेर चित्त दुखाउने नेताले फेदमा एक्लै उक्लिएका असल नेतालाई रुख चढाउन किन रहर नगर्ने? गुट र विरासतको विरुद्धमा बोल्ने आँट गरेका पौडेलले महेशका लागि भोट किन नमाग्ने?  

महेशको चिठी भृकुटीमण्डपको भीडमा हराउनु हुँदैन। सामाजिक सञ्जाल र अखबारमा मात्र पाएको मायाले पार्टी बच्दैन। पार्टी बन्दैन। नेताको गुटमा नअटेका एउटा असल नेतालाई कार्यकर्ताले ‘कांग्रेसी घनश्याम भुसाल’ नबनाऊन्। एउटा प्रजातान्त्रिक पार्टी विचौलिया र माफियाको मैदान बन्नु लोकतन्त्रको स्वास्थ्यका लागि उचित होइन। वैचारिक प्रश्न गर्ने मान्छे बाहिरै परे पार्टीभित्र नयाँ–नयाँ राजाहरु जन्मिन्छन्। ती राजाहरुले प्रजातन्त्र सिध्याउँछन्। 

कांग्रेसमा पैसाका खेलाडीहरुको कमी छैन। सत्ताका खेलाडीहरुको कमी छैन। गुटका खेलाडीहरुको कमी छैन। विरासत बेचेर खाने र पार्टीलाई आफ्नै पुर्खाको विर्ता सम्झने खेलाडीहरुको कमी छैन। तर, वैचारिक खेलाडीहरुको चाहिँ कमी छ। वैचारिक खेलाडीहरुको कमी भएकैले प्रतिपक्षमा बस्दा पनि भाग खोजेर खान्छ कांग्रेस। सत्ता, प्रतिपक्ष सबैतिर भाग खोजेर खाने, मन्त्रिपरिषद्‌मा समेत न्यायालयलाई भाग छुट्याउने कांग्रेसलाई वैचारिक बहसले सुधार्न महेश र महेशहरुले जित्नुपर्छ। उनको चिठीको चिर्कटो कार्यकर्ताको मनभित्र पस्न सक्ला नसक्ला, आम सर्वसाधारणको मनभित्र चाहिँ पक्कै पसिसक्यो। 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २२:३२
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्