• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कसम गीताको, काम मुसाको

64x64
मिलन बगाले बुधबार, माघ २६, २०७८  ०९:००
1140x725
  • ‘उपस्थित सम्पूर्ण कार्यकर्ताहरु, देशभरि टेलिभिजन हेरिहनुभएका हजारौं लाखौं साथीहरु, विदेशमा बसेर पनि हेरिराख्नुभएका पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरुलाई विश्वास लागेन, मैले गीता ल्याछु (उनले हातमा गीता लिइरहँदा बेस्सरी ताली बजिरहन्छ)। यो गीता हातमा राखेर हामी हिन्दू राष्ट्र चाहने सनातन धर्मका पक्षधरहरु, यो गीतालाई हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन।’

२०७६ फागुन २८ गते खाएको गीता कसम कमल थापाले २०७८ माघ २५ मा तोडेका छन्। २०७८ मंसिरमा भएको महाधिनवेशनमा अप्रत्यासित रुपमा हार बेहोरेपछि उनले पार्टी फोड्छन् भन्ने आम अनुमानलाई सत्य सावित गर्दै र गीता कसमलाई झुठो सावित गर्दै राप्रपा परित्यागको घोषणा गरेका छन्। उनले राप्रपा फोड्छु भनेका छैनन् तर राजनीति छाड्छु पनि भनेका छैनन्। त्यसकारण उनको गीता कसम यो घोषणाबाट स्वतः तोडिएको छ। कुनै तर्कको टालोले तोडिएको यो गीता कसम जोडिने छैन। सार्वजनिक रुपमा कसैले गीता कसम तोडेको सम्भवत: यो दुर्लभ घटना हो।

हिन्दू धर्मको नाममा राजनीति गर्ने नेताको यो हदको ‘राजनीति’ले गीताप्रेमीलाई कत्तिको छोएको छ कुन्नि? गीता कसम तोडे के हुन्छ भनेर अनलाइनमा समाचारसमेत आइसकेको छ। त्यो समाचारले कमल थापालाई पक्कै छोएको छैन। उनी गीतावादी कहिले थिए र गीता कसम तोडे के हुन्छ भनेर पीर मान्नु? मासु पसल खोल्ने मान्छे शाकाहारी हुन सक्दैन र? हिन्दू धर्मको नाममा राजनीति गर्नेले गीतालाई आदर्श मान्नु जरुरी हुँदो रहेनछ। नपत्याए कमल थापालाई सोध्नु। उनले त भावगत गीतालाई तासको पत्तालाई जति पनि इज्जत गरेनन्।

कमल थापाले सार्वजनिक रुपमा गीता कसम खाए पनि कामचाहिँ उहिल्यैदेखि मुसाले जस्तो गर्दै आएका छन्। उनकै नेता, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दिएको उपमा हो यो। राजनीतिमा मुसा पवृत्ति २०५२ सालबाटै देखाएका थिए थापाले। २०५२ चैतमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा उनी मन्त्री थिए। एमालेले अविश्वास प्रस्ताव ल्याएपछि मन्त्री पदबाट राजीनामा गरेर अविश्वास प्रस्तावको पक्षमा उभिएका थिए उनी। अविश्वास प्रस्ताव पास नहुने अवस्था नदेखेपछि फेरि सरकारकै पक्षमा भोट हालेका थिए। उनको राजनीति त्यही दिन राजीनामा दिनयोग्य थियो। अस्थिर संसदीय राजनीतिको फाइदा उठाउँदै उनी एकपछि अर्कोपटक मन्त्री बनिरहे। मुसा बनेर आफू बसेको मन्त्रीमण्डलमा प्वाल पार्दै यताउता कुदिरहे।

कमल थापाले संसदीय राजनीतिमा अनेक कीर्तिमान बनाएका छन्। मन्त्री बनेरै संसद्‍मा सरकारको विरुद्धमा नारा लगाएका छन्। मन्त्री भएरै लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको विपक्षमा भोट हालेका छन्। त्यही प्रवृत्तिलाई व्यंग्य गर्दै चन्दले संसद्‍मा भनेका थिए- ‘यदि मुसा पानीजहाजमा पसे भने त्यही जहाज प्वाल पार्न थाल्छन्। त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम तिनीहरु जहाज छोडेर अर्कोमा हाम्फाल्छन्। अर्को जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छन्। यिनै मुसा बोक्न रहर गर्ने जहाजवालाहरु मेरो जहाज डुबेकोमा खुसी नहुनुहोस्। यी मुसालाई जहाजमा चढाएपछि कुनै दिन तपाईंहरुको जहाज पनि डुबाइदिने छन्।’

सत्ता राजनीतिको स्वार्थमा फसेर एकपछि अर्को जहाज (सरकार) डुबाउँदा डुबाउँदै उनले राजसंस्था नै डुबाइदिए। कमल थापाको भर मानेर राज्य थामिने दिवास्वप्न देख्ने राजा डुब्नु नै थियो, डुबिगए। राम्रै भयो। कमल थापाले नेपाली जनतामाथि लगाइदिएको सबैभन्दा ठूलो गुण थियो त्यो। असाध्यै सजिलोसँग राजसंस्था फालिने भर्‍याङ कमल थापाले नै हालिदिएका थिए। राजाको गृहमन्त्री छँदा उनले संसद्‍वादी दलहरुलाई छ्याप्नुसम्म हिलो छ्यापे। आमनागरिकप्रति अत्यन्त कठोर सुनिए। साँच्चैको कर्फ्यु लगाउँछु भन्दै बारम्बार धम्की दिए। मतदाताभन्दा उम्मेदवार कम हुने खालको स्थानीय चुनाव गराए पनि निकै बहादुरी गरेझैं गरे। एकपछि अर्को अराजक काम गरेर राजाको चरम अहंकारमा तत्कालीन गृहमन्त्री थापाले बेस्सरी पेट्रोल छर्किदिए। जनआन्दोलनको रापतापमा राजाको अहंकार एकै छिनमा खरानी भयो।

Ncell 2
Ncell 2
nimb
nimb

राजसंस्था डुबेसँगै कमल थापा कट्टर राजावादी र हिन्दूवादी देखिए। उनको यो अवतारलाई गाई चिन्हले थप मलजल गर्‍यो। संविधानसभाको पहिलो चुनावमा नराम्ररी हारेको राप्रपाले दोस्रो चुनावमा समानुपातिकतर्फ थुप्रै भोट बटुल्यो। २५ सिट जित्न सफल भयो। त्यसपछि त उनी जितेको जित्यै भए। तीन टुक्रा राप्रपालाई एउटै बनाएपछि जोशिएका उनले गीता कसम खाए। त्यो कसम अब बेकामे बन्यो। अब उनीसँग राजनीति गर्न न राजसंस्थाको हाँगो छ न हिन्दूधर्मको ठुटो। मुसा पवृत्तिबाहेक उनीसँग केही पुँजी छैन।

अन्त्यमा कमल थापालाई मेरो अनुरोध। कमल थापाजी, तपाईं नेपाली राजनीतिको एक विर्सनलायक पात्र हो। तपाईंसँग कुनै व्यक्तिगत आग्रह पूर्वाग्रह राखेर भनेको होइन। तपाईंको राजनीतिक यात्रामा अवसरवादबाहेक अरु कुनै वाद छैन। अवसरवादको घोडा चढेर तपाईं पटकपटक मन्त्री हुनुभो। उपप्रधानमन्त्री हुनुभो। जुन व्यवस्थामा पनि फिट हुनुभो। राप्रपाको अध्यक्ष हुनुभो। मतदाताले हराइदिँदा पराजय स्वीकार्नु भएन। मतदाताको स्वविवेकलाई निर्मलनिवासको आशीर्वाद भन्दै हिलो छ्याप्नुभो। हारे पनि मै अध्यक्ष भनेझैं गर्नुभो। निर्वाचित अध्यक्षलाई एकाधपटक पत्र फालेर धम्क्याउनुभो। धैरै धैर्य नै नगरी फुत्त पार्टी छोडेर हिँड्नुभो। ठीक गर्नुभो। ठीक मात्र किन, तपाईंले महाठीक निर्णय गर्ने मौका पाउनुभएको छ। 

एक बारको जिन्दगीमा अवसरवादको बर्को ओढेर कहिलेसम्म राजनीति गरिरहने? कहिलेसम्म त्यही मन्त्री, उपप्रधानमन्त्री र पार्टी अध्यक्ष पदको वरिपरि घुमिरहने? शक्ति र पैसा कति कमाइरहने? तपाईंले २० जना नेता बराबरको अवसर पाइसक्नुभो। कति खाइरहने? कति धाइरहने? राप्रपाबाट मात्र किन, राजनीतिबाटै राजीनामा दिनुस् न है। तपाईंले राजनीतिबाट राजीनामा दिनुभो भने यो देशको धमिलिएको राजनीति थोरै भने पनि सङ्लिन पाउँछ। तपाईं र तपाईंजस्तै कैयन् नेता सबै पार्टीमा छन्। कांग्रेस, एमाले, माओवादी, सबैमा। देशको स्वास्थ्यका लागि तपाईंको पुस्ताका अधिकांश नेताको राजनीति असाध्यै हानिकारक छ। तपाईं बिर्सनलायक राजनीति गरिरहनुभएको छ। राजनीतिबाट सन्यास लिए त्यो ठूलो गुण हुनेछ।

Xtrem
Xtrem

तपाईंलाई खान लाउनको कुनै समस्या छैन। कहिलेकाहीँ समाचारमा आउनको पनि समस्या छैन। राजनीतिबाहेक टेनिस खेल्न पनि सिपालु हुनुहुँदो रहेछ। टिकटक बनाउन, ट्वीटर चलाउन पनि जान्नुहुँदो रहेछ। किताब लेख्न पनि जान्नुहुँदो रहेछ। आफ्ना पिताको कीर्तिमानको बारेमा मोटै किताब लेख्नुभएको रहेछ। यस्तै यस्तै काममा भुले भएन भन्या? राजनीतिबाहेक अन्ततिर लागिदिए देशले श्वास फेर्न पाउँथ्यो कि? त्यसो गरे कसो होला?

लेखका केही प्याराग्राफमा कुरा काटेझैं उनी लेखें। तल चिठी लेखेकैजस्तो तपाईं लेखें। तपाईंलाई मेरो अन्तिम प्रश्न, कतिपटक कतिवटा व्यवस्थामा फिट हुने तपाईं? एउटै मान्छे प्रचण्डदेखि ज्ञानेन्द्रसम्म सबैको व्यवस्थामा कसरी फिट हुनसक्छ? जवाफ सजिलो छ। मुसा भएपछि जता पनि पस्न र प्वाल पार्न सक्छ। तपाईंको पारा त्यही भएन र? भागवत गीता छोएर कसम तोडेपछि अब के को दोकान थाप्ने थापाजी? विचारभन्दा माथि देश भन्ने?

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्