• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विचलनको ‘साझा रहर’

64x64
मिलन बगाले सोमबार, माघ १७, २०७८  १९:४७
1140x725

साझा पार्टीका अध्यक्ष श्री रविन्द्र मिश्रजी,
नमस्कार। 

म तपाईंलाई साझा पार्टीको अध्यक्ष मात्र भन्छु। तपाईंको पार्टीको आधिकारिक नाम ‘विवेकशील साझा पार्टी’ हो भन्ने मलाई थाहा छ। तर, त्यसो भन्दा तपाईंलाई गिज्याएजस्तो हुन्छ। तपाईंको पार्टीको नाममा विवेकशील जोडिनु तपाईंप्रतिको असाध्यै ठूलो व्यंग्य हो। पार्टीमा बारम्बार टुटफुट आएपछि विवेकशील नाम खुर्केर फाल्नुहोला भन्ने लागेको थियो। किन हो कुन्नि, नाम फाल्ने रहर गर्नुभएन। साँच्चै, आफूलाई ‘विवेकशील साझा पार्टी’ को अध्यक्ष भन्दा मनमा चस्स हुन्न?

‘भ्रष्टचारीलाई किरा परोस्’ भन्दै प्रशासक र नेता गिज्याउने अभियानबाट शुरु भएको तपाईंको ‘राजनीति’ले अहिले तपाईंलाई नै गिज्याइरहेछ। टुट, फुट, गुट र वैचारिक प्रदूषणमा कति छिटो कुदेको साझा पार्टी? किन यस्तो फिलिलिलि? कसका कारणले, किन र कति धेरै पहिरो गएको साझा पार्टीमा? तपाईं र तपाईंका फ्यानबाहेक अरु कोही नभएको कस्तो खाले क्लब बनेको? महाधिवेशन कहिल्यै नचाहिने। फरक मत सुन्नै नसक्ने। अध्यक्षका हरेक लेख र कविता पार्टीको दस्तावेज हुनुपर्ने? कसलाई आदर्श मानेपछि यस्तो खालको नेता भइन्छ रविन्द्र सर? केपी ओली, प्रचण्ड, देउवा या अरु कुनै अन्तर्राष्ट्रिय नेता? मलाई जान्न मन लागेको छ। 

साझा पार्टी केही सुन्दर नारासहित हातमा तराजु बोकेर राजनीतिको मैदानमा छिरेको थियो। यसको सुरुवाती अनुहार मिश्रित थियो, चकित र थकित दुवै खाले। कसोकसो रिटायर्ड क्लबजस्तो पनि। केही जोश, केही अनुभव, केही आशा, केही अहंकार र केही घमण्डको साझा सम्मिश्रणजस्तो। साझा पार्टीले राजनीतिको खुला मैदानमा तरंग दिन शुरुमै सफल थियो। मिडिया कभरेजको दुःख भएन। बोल्ने ठाउँको दुःख भएन। चासो लिनेको र कुरो सुनिदिनेको पनि अभाव भएन।

सत्ता राजनीतिमा डुबेर जस्तोसुकै हर्कत गर्न पछि नपर्नेहरूलाई प्रश्न गर्दागर्दै जन्मिएको पार्टीलाई अब नागरिकले प्रश्नसमेत गर्न छोडिसके। के मात्र प्रश्न गर्नु– वैचारिक विचलनबारे? बारम्बारको टुटफुटबारे? महाधिवेशनबारे? फरक विचार राख्नेलाई किन कारबाही गरेको भनेर? विचारभन्दा माथि देश भन्दै पार्टीको आधारभूत सिद्धान्त किन पोलेर खाएको भनेर? कि फाँसीको पक्षमा किन उभिएको भनेर? शहरी युवालाई राजनीतिप्रति वितृष्णा जगाउने पार्टी किन बनेको भनेर चाहिँ अलि कस्सिएरै प्रश्न गर्नुपर्ने छ। 

साझा पार्टी आम नागरिकको नजरमा परेको त स्थानीय तहको चुनावबाटै हो। मौका पाए स्थानीय तह राम्ररी हाँक्न सक्छन् भनेर विश्वास गर्न सकिने केही व्यक्ति साझाले अघि सार्‍यो। उनीहरुले चलनचल्तीका दलहरूलाई टक्कर पनि दिए। त्यो चुनावले कताकता साझा र विवेकशीललाई मिल्ने ‘म्यान्डेट’ दिएजस्तो देखियो। युवा जोश र पाको अनुभवको मिश्रण खोज्नेहरूले तेल र पानी घोल्ने प्रयास गरेका थिए। भयो पनि त्यस्तै। टाढाबाट हेर्दा घुलेजस्तो देखियो। लौ घुल्यो भनेर शुभचिन्तक मख्ख परे। तर, कहाँ घुलेको थियो र? त्यो त मिठो भ्रम मात्र थियो।

साझासँग मिल्नुअघि विवेकशील अभियान असाध्यै लोभलाग्दो थियो। ढुंगा हानेर, टायर बालेर, नेपाल बन्द गरेर, क्याम्पसमा तोडफोड गरेर, खुकुरी हानाहान गरेर ‘राजनीति गर्‍यौं’ भन्नेहरुलाई लाजै लाग्ने गरी यसले अनेक रचनात्मक काम गर्थ्यो। नेपाल बन्दविरुद्ध अभियान नै छेड्थ्यो, ‘नेपाल खुल्लै छ’ भन्थ्यो। बन्दले पार्ने मारको अनेक हिसाबकिताब देखाउँथ्यो। ‘नेपाल घर हो, डेरा होइन’ भन्थ्यो। विदेशमा बस्ने नेपालीको मताधिकार रक्षाका बारेमा बोल्थ्यो। मेडिकल माफियाविरुद्ध, अख्तियार प्रमुख नै मुछिने अनेक अनिमितताका विरुद्ध, ज्याला पूरै लिएर संविधान नदिनेहरुका विरुद्ध रचनात्मक तरिकाले सडकमा उत्रिन्थ्यो। नबोलेरै पनि आन्दोलन गर्थ्यो। जस्तो कि, मुखमा पट्टी बाँधेर, अनेक चित्र र कविताका माध्यमबाट। भूकम्पले देशका ३१ जिल्लामा ठूलो क्षति भएको बेलामा राहत, उद्दार र उपचारमा यो पार्टी अग्रमोर्चामा खटिएको थियो। कति लोभलाग्दो खटाइ थियो। 

यो अभियानले युवाहरूलाई राजनीति काम लाग्ने कुरो हो भनेर चिनाइरहेको थियो। ‘राजनीति सुधार्न नेताहरुलाई गाली गरेर मात्र हुँदैन, भोट हाल्न जानुपर्छ है’ भन्थ्यो। राजनीतिको फोहोर सफा गर्न आफैं अघि सर्ने सन्देश दिन्थ्यो। समावेशिता र गणतन्त्रको वकालत गर्थ्यो। हँसिलो अनुहार झल्किने स्टिकर बाँड्दै र टाँस्दै हिँड्थ्यो। सामाजिक सन्जाललाई असाध्यै धेरै उपयोग गरेको थियो। सूचनाको हक प्रयोग गरेरै पनि नागरिकले थाहा पाउनुपर्ने सूचना खोजेर ल्याउँथ्यो। उज्जवल थापा, गोविन्द नारायण, पुकार बम, मिलन पाण्डे, रन्जु दर्शना आदि अनेक युवा यसका अभियन्ता थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आम नागरिकको माया पाउँदापाउँदै पनि विवेकशील अभियानले किन हो कुन्नि, आफूलाई असाध्यै कमजोर सम्झियो। भोट थोरै र माया धेरै पाएर जिन्दगी चल्दैन भनेजस्तो गर्‍यो। अलि ठूलो बन्ने रहरमा साझाको ‘सेलेब्रिटी’ छाता ओढ्ने रहर गर्‍यो। साझाको सेलेब्रिटी छाता ओढ्नु के थियो, ‘राजनीति भनेको केटाकेटीको खेल हो?’ भन्दै हियाउने अभियान शुरु भयो। त्यसपछि विवेकशीलको रचनात्मक शक्ति त्यसै भुत्ते भयो। इमेल र फेसबुकमा आफ्नै पार्टीका नेतासँग झुत्ति खेलेर बस्नु परेपछि कसरी भुत्ते नहोस्? फेसबुकबाट जोडिएको पार्टी जूमबाट टुक्रियो। 

साझासँग जोडिने र टुक्रिने अनि बारम्बार बिटुलिने क्रमले अहिले विश्राम पाएको छ। कारबाही भोगेर साझाबाट मुक्ति पाएसँगै विवेकशील अभियान अनेक चिरामा विभक्त भएको छ। रविन्द्र मिश्रको नामको पछाडी उहाँलाई गिज्याउनकै लागि भए पनि विवेकशील जोडिएकै छ। उहाँद्धारा निष्काशित मिलन पाण्डे समूह विवेकशील अभियान पुनर्गठन भन्दै सामाजिक सन्जालतिर क्रियाशील छन्। कर्मा तामाङ नेतृत्वको नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भैसकेको छ। 

विवेकशीललाई विभक्त पारेसँगै मख्ख परेको साझा पार्टी ‘विचारभन्दा माथि देश’ को भेष धारण गरेर चुनाव जित्न हिँडेको छ। उसलाई गणतन्त्र र संघीयता मन परेको छैन। मर्मअनुसार काम गर्न नसकको मौका छोपेर संघीयतालाई हिलो छ्याप्दै भोट बटुल्न तम्सिएको छ। गणतन्त्र विरोधी अनेक पार्टी र व्यक्तिलाई जोडजाड पारेको छ। 

राजतन्त्र र धर्म निरपेक्षताको वकालत गर्न राप्रपा इमान्दार र प्रष्ट छ। संघीयताको विरुद्धमा बोल्न जनमोर्चा इमान्दार छ। साझा पार्टी त विरोधमा पनि इमान्दार छैन। एकबारको जुनीमा जसरी पनि माननीय भैछाड्ने मिश्रजीको महत्वाकांक्षाले नेपालको राजनीतिमा अनेक वैचारिक फोहोर उत्पादन गरिरहेको छ। 

Xtrem

Xtrem

पछिल्लो समय साझा पार्टी फाँसीको पक्षमा उभिएको छ। उसलाई अब संघीयता र गणतन्त्रको विरोध गरेर मात्र पुगेन, फाँसी पनि चाहियो। ऊ ‘बलात्कारीलाई फाँसी दे’ भन्दै सडकमा उत्रिन्छ। हरेक विषयमा भड्काउ नारा चाहिएको छ। फाँसीको माग गरेर नारा लगाउनेहरु नै विदेशमा नेपालीले जघन्य अपराध गरेर फाँसीको सजाय पाएपछि ‘ब्लड मनी’ जुटाउन एकढिक्का हुन्छौं। नेपालीको यति विरोधाभाषपूर्ण भावुकता देख्दादेख्दै मिश्रजीको पार्टी फाँसीको नारा बिकिहाल्छ कि भनेर प्लेकार्ड बोकेर चोकचोकमा उभिरहेछ। (सामाजिक सन्जालमा थेगिनसक्नु विरोध भएपछि उहाँले फाँसी मागिएको ट्विट चाहिँ हटाउनु भएको छ।) 

पहिलेदेखिकै मेरो मत फेरि पनि दोहोर्‍याउछु— अराजकता र अपराध रोक्ने औषधि मृत्युदण्ड हुँदै होइन। मृत्यु अपराधीका लागी दण्ड होइन, उन्मुक्ति हो। अपराधीलाई मारिदिने हो भने उसले अपराध बोध गर्ने, पछुताउने र अरुलाई अपराध नगर्न अर्ति दिने मौका पाउँदैन। उसले अपराध गरेवापतको सजाय भोग्नै पाउँदैन। भोग्ने उसका परिवार र बालबच्चा हुन्छन् र पीडाबोधले हिंसाको पुस्तौनी विकास हुन्छ। ‘मृत्युदण्ड’ मानव सभ्यताको कलंक हो, बलात्कार जस्तै। विधिको शासन, चेतना र शिक्षाको विकास, दण्डहीनताको अन्त्य, मानव अधिकारको रक्षाजस्ता असल उपाय छोडेर विषवृक्षमार्फत उपचार खोज्नु पटक्कै राम्रो होइन।

अपराधीलाई न्यायिक कठघरामा नउभ्याइएको आक्रोशमा मात्रै ‘मृत्युदण्ड’को बार्गेनिङ गरिएको हो या समाजलाई भड्काउन र क्षणिक जोशलाई भोटमा बदल्न खोजिएको हो? अन्यायको हिसाबकिताब खोजौं। तर, न्याय खोज्ने नाममा महाअन्याय र महाकलंक बोक्ने रहर नगरौं। साझा पार्टीले यस्ता कुरा नबुझेको हो र? ऊ अनेकखाल भडकाउ नाराको जोडजाड गरिरहेछ। 

पार्टी खोलिसकेपछि चुनाव जित्ने रहर गर्नु गलत होइन। तर, चुनाव जित्ने नाममा जस्तोसुकै नारा बोकेर हिँड्न मिश्रजीलाई सुहाएको हो? वैचारिक फोहोर उत्पादन नै साझा पार्टीको एक मात्र अभिष्ठजस्तो बनेको छ। यस्तो रहर किन? सांसद बनेर देखाइदिन?

सांसद बनिएला। उस्तै परे मन्त्री पनि बनिएला। राजनीतिको अन्तिम सत्य त्यही हो? वैचारिक फोहोर उत्पादनको अत्यासलाग्दो श्रृङ्खला कहिलेसम्म जारी राख्ने? गणतन्त्रलाई हिलो छ्याप्दाछ्याप्दै साझा पार्टी मृत्युदण्ड माग्ने पार्टी किन बनेको?

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्