काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को प्लाटिनम, डायमन्ड र गोल्ड ड्राफ्टको लिलामी सकिएको छ। यी तीन श्रेणीको ड्राफ्ट सकिँदा लेग स्पिनर सन्दीप लामिछाने भने बिक्न सकेनन्।
सन्दीप जारी पीएसएलमा गोल्ड श्रेणीमा ड्राफ्टमा थिए। तर, बिक्री हुन नसकेपछि उनी प्लाटिनम श्रेणीको ड्राफ्टमा झरेका थिए।
प्लाटिनम, डायमन्ड र गोल्डको ड्राफ्ट सकिँदा कुनैपनि टोली सन्दीपलाई लिन इच्छुक देखाएनन्।
नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप र सिल्भर क्याटेगोरीमा ९ खेलाडी छन्। विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा छन्।
यता, सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब छन्। सिल्भर राउन्ड भने जारी छ।
हरेक टोलीले समान ३–३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्न पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।