काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन गरेका छन्।
शेखरको प्यानलले आज साँझ बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेर संस्थापन इतर समूहमा आफूहरु एकजुट रहेको सन्देश दिने तयारी गरेको छ।
बिहान सभापतिका अर्का प्रतिस्पर्धा विमलेन्द्र निधिले पहिलो चरणमा सभापतिमा कसैले पनि जित हात नपार्ने र दोस्रो चरणमा शेखर प्यानललाई समर्थन गर्ने बताएका थिए।
सिटौलाको उक्त भनाइपछि हौसिएको शेखर प्यानलले पहिलो चरणमै जित निकाल्ने दाबीसहित अवधारणापत्र सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो।
यसअघि कोइरालाले आफ्नो व्यक्तिगत अवधारणापत्र सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।