काठमाडौं– पाकिस्तान भ्रमणमा रहेका वेष्ट इन्डिजका ३ खेलाडीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वेष्ट इन्डिज क्रिकेट बोर्डका अनुसार बायाँहाते तीव्र गतिका बलर शेल्डन कोट्रेल, अलराउन्डर रोष्टन चेज र केल मायर्स कोरोना संक्रमित भएका हुन्। उनीहरू कराचीमा १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन्।
यससँगै उनीहरूले पाकिस्तानविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।
खेलाडीबाहेक वेष्ट इन्डिज टोलीमा अर्को एकजना पनि कोरोना संक्रमित भएको बताइएको छ। वेष्ट इन्डिज क्रिकेट बोर्डका अनुसार पाकिस्तान भ्रमणमा आएका सबैले खोप लगाएको र कुनै लक्षण नदेखिएको जनाएको छ।
भ्रमणमा रहेका बाँकी सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।