काठमाडौं– नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैरभौगोलिकमध्ये शनिबार ९ प्रदेशको मात्रै सम्मेलन उद्घाटन भएको छ।
प्रवास कमिटीले समय अनुकूल गर्ने भन्दै स्थगित गरिएको थियो। उद्घाटन भएकामध्ये प्रदेश २ ले पुस ३ गते मात्रै बन्दसत्र गर्ने केन्द्रीय सदस्य विश्वनाथ साहले बताए।
‘सबै प्रदेशको सम्मेलन एकैपटक गर्नुपर्ने भएकाले प्रदेश २ को उद्घाटन शनिबार गरियो। हामीले ३०/३५ प्रतिशत पालिका अधिवेशन गरेका छैनौं। पालिका अधिवेशन पूरा गरेपछि मात्रै पुस ३ गते बन्दसत्र, नामावली प्रकाशन, उम्मेदवारी दर्ता गर्छौं’ साहले भने, ‘प्रदेश अध्यक्ष प्रभु साह एमाले प्रवेश गरेपछि ढिलोगरी अध्यक्षले जिम्मेवारी लिनुभयो। त्यसैले प्रदेशको वडा र पालिका अधिवेशन समयमै गर्न सकेनौं।’
सबै पालिका अधिवेशन पूरा भएपछि पुस ३ गते बन्दसत्र लगायत सबै काम पूरा गरिने साहले बताए। हाल प्रदेश २ अध्यक्षमा प्रह्लाद बुढाथोकी र सचिवमा श्रवन यादव छन्। तर, अरु प्रदेशले भने बन्दसत्र, प्रतिवेदन पेस, नामावली प्रकाशन र मनोनय दर्ता गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।