काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध विजयी भएका हुन्। दुवै संस्थापन पक्षका नेता हुन्।
'अब एक महिला सदस्यको लागि निर्वाचन हुन्छ। हामी दुई निर्विरोध भयौँ' निर्विरोध चयन भएका रिजालले नेपाल लाइभसँग भने।
जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू केन्द्रीय सदस्यमा चयन भएका हुन्। महिला १ सहित खुला २ जनाको लागि ४ जनाको उम्मेदवार परेको थियो।
प्रदेश २ बाट महिला केन्द्रीय एकजनाको लागि अब चित्रालेखा यादव र गीता चौधरीबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।