काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा शेरबहादुर देउवाले आफ्नो प्यानलसहित सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सभापतिमा देउवासहित छ जनाको उम्मेदवारी परेको छ।
देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको उम्मेदवारी परेको छ।
यस्तै महामन्त्रीमा डा प्रकाशशरण महत र प्रदीप पौडेल, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भिष्म आङ्दम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फर्मुला मन्सुर र जीवनबहादुर शाहीले देउवा प्यानलबाट उम्मेदवारी दिएका छन्।
केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, डा. नारायण खड्का, सुनिलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारीलगायत छन्।
यी हुन् देउवा प्यानलका उम्मेदवारहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।