काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारले दर्ता गराएको मनोनयन दर्ता क्रम अनुसार नामावली प्रकाशित भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार राति दर्ता क्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो।
उम्मेदवारी मनोनयन दर्ताका लागि शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो।
केन्द्रीय सभापति एक पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापति पदका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएका छन्।
यसैगरी दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ।
कुल आठ सहमहामन्त्रीका लागि २० जनाको तथा १३४ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।