• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

मेरो नजरमा गगन थापा

सुरेश गिरी सोमबार, मंसिर २७, २०७८  ०३:४५
1140x725

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी रोचक बनिरहँदा धेरैको नजर छ गगन थापामाथि। पछिल्लो पुस्तामा आशा जगाएका यी नेताले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। कांग्रेसको नेतृत्व तहमा सभापति पछिको महत्वपूर्ण मानिने महामन्त्री पदमा उनले जित्न सक्लान् या नसक्लान् भन्ने फरक कुरा हो। तर, उम्मेदवारी घोषणा गर्दा नै उनले कांग्रेस पंक्तिभित्र मात्र होइन, कांग्रेसबाहिर समेत बेग्लै तरंग ल्याइदिएका छन्। त्यो तरंग ल्याउनुको कारण छ।

गगन थापाको बारेमा लेख्न बस्दा आफ्नै केही कुरा राख्न चाहन्छु। म न कुनै विद्वान हो, न त कुनै समालोचक। नेपाली कांग्रेसले अंगाल्ने राजनीतिक दर्शनप्रति चासो राख्छु। मेरो जन्मथलो कास्कीको निर्मलपोखरी, जसको छिमेकी गाविस स्व रवीन्द्र अधिकारी दाइको क्षेत्र हो। आज गगन थापाबारे लेखिरहँदा म रवीन्द्र दाइलाई सम्झिरहेको छु। उहाँ भन्नुहुन्थ्यो, 'विचार फरक भए पनि हामी दाजुभाइ हो। तिम्रो गगनसँग राम्रो सम्बन्ध छ, यसलाई सधैँ कायम राख है।'

सुरेश गिरी

एमालेका उदीयमान नेता रवीन्द्र दाइले यसो भन्दा मलाई सुरुमा अचम्म लाग्थ्यो। मैले यो कुरा पहिलो संविधान सभा निर्वाचनपछि राम्ररी बुझ्ने मौका पाएँ। त्यसबेला चुनावी प्रचारप्रसारको कार्यक्रममा म गगन दाइसँगै स्याङ्जाको मिर्मीमा कार्यक्रम सकेर फर्कदै थिएँ। उहाँले गगन फर्केपछि मलाई भेट्न भन है भन्नुभो। हामीले भोलिपल्ट बिहान ब्रेकफास्टमा भेट्ने फाइनल गर्‍यौं। मलाई अर्को अनौठो यो लाग्यो कि गगन दाइले रवीन्द्र दाइलाई निकै आदरसाथ सम्बोधन गर्नुहुँदोरहेछ। 

त्यसबेला गगन दाइले रवीन्द्र दाइलाई सोधेको पहिलो प्रश्न थियो, 'रवीन्द्र दाइ, यो संविधानसभामा हामी युवाहरुको प्रतिनिधित्व कति हुन्छ जस्तो लाग्छ? संविधानसभा हामीले हाम्रा सपना पूरा गर्ने र भविष्य निर्धारण गर्ने ठाउँ भएकाले त्यहाँ युवाको अधिकतम प्रतिनिधित्व हुनुपर्छ। 

रवीन्द्र दाइले त्यसक्रममा अझ खुलस्त भएर पार्टी भित्रकै केही व्यक्ति आफूलाई हराउन लागिपरेको भन्दै कांग्रेसले सहयोग गर्नुपर्ने बताउनुभएको थियो। उहाँहरू दुवैजना एउटा कुरामा प्रस्ट हुनुहुन्थ्यो, देशको बागडोर अब युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ, कसैलाई बारम्बार गल्ती गर्ने छुट दिनु हुँदैन। संविधान सभा निर्वाचनपछि सबै युवा सांसदलाई एक ठाउँ उभ्याउने प्रयास गर्नुभएका गगन दाइले पहिलो संविधान सभा असफल हुँदा आफ्नो पुस्ता नै असफल भएको पनि सार्वजनिक रुपमै स्वीकार गर्नुभएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

काम विशेषले मेरो जापान जाने–आउने क्रम चलिरहेको थियो। त्यही क्रममा मैले जापानका केही राजनीतिक दलका नेताहरुलाई प्याकेज बनाएर नेपाल घुमाउने मौका पाएँ। नेपाल भ्रमणमा उनीहरूले माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा नेपाली कांग्रेसका केही नेता पनि भेटे। यही मौकामा उनीहरु फर्कनुअघि मैले गगन थापासँग डिनर बैठकको प्रस्ताव राखेँ। उनीहरु राजी भए। 
 

जापनीहरुको डिनरमा को कहाँ बस्ने, कसले कसरी कुरा सुरु गर्ने पहिल्यै तय भइसकेको हुन्छ। परिचयपछि उनीहरूले नेपाल घुम्न आएका र असाध्यै राम्रो लागेका कुरा गरे। उनीहरुमध्येका एकजनाले सोधे– जापानले नेपाललाई के गर्दा ठिक हुन्छ? मलाई लागेको थियो, गगन दाइले विकास निर्माणमा सहयोगका कुरा गर्नुहोला। तर, त्यस्तो भएन। उहाँले जाइकामार्फत् नेपाललाई पैसा मात्र होइन, म्यानमारमा जस्तो प्राविधिक शिक्षामा सहयोग गर्न आग्रह गर्नुभो। जापानको चीनसँगको सम्बन्ध सधैँ तल माथि भइरहने, जापनीहरुले खाने उदो न (फापरको नुडल्स) अधिकांश चीनबाटै निर्यात हुने हुँदा नेपालमा यसको व्यावसायिक खेती गरेर जापानले किनिदिने ग्यारेन्टी गरिदिन अनुरोध गर्नुभो। मैले यो प्रसंग उल्लेख गर्नुको कारण यो हो कि गगन दाइ हरेक कुरा तयारीका साथ राख्ने नेता हो।

गगन थापाले तरकारी खेती र बाख्रा पालन गर्ने कुराको निकै चर्चा भयो। मिडियाले पनि राम्रो कभरेज गरे। मेरो विचारमा गगन दाइ बाख्रा पाल्ने मनस्थितिमा हुनुहुन्थ्यो जस्तो लाग्दैन। हो, उहाँ कृषिप्रधान देश भने पनि कृषिमा कुनै परिवर्तन गर्न नसकेको, युवापंक्ति कामको खोजीमा विदेशिएको र त्यसलाई रोक्नुपर्ने कुरामा प्रष्ट हुनुहुन्थ्यो। दुई तिहाइभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको मुलुकको हालत देखेर खिन्न हुने युवापंक्तिमा उहाँ पनि हुनुहुन्थ्यो। त्यही भएर पनि सुतिरहेको कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्न सकिन्छ भनेर उहाँले यसमा हात हालेको हुनुपर्छ। जसमा मुख्यतः साथीभाइको योजनाले नै काम गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा भएको युवा संघको कार्यक्रममा यो कुराले ठूलै चर्चा पाएको थियो। गगनमाथि बाख्रापालनका नाममा करोडौं अनुदान रकम कुम्ल्याएको आरोप पनि लाग्यो। जसको तथ्य बाहिर आइसकेको छ। मलाई लाग्छ, गगन थापाले तरकारी खेती र बाख्रा पालनमार्फत् नेपाली युवालाई देशमै केही गर्न सकिने सन्देश दिनुभएको हो। त्यो बेलामा धेरै युवाले बाख्रा, माछापालन र तरकारी खेतीको सुरुआत पनि गरे। हो, गगन थापाको बाख्रापालन र तरकारी खेती सफल भएन, तर उहाँले एउटा पंक्तिलाई आत्मनिर्भर कृषिको बाटोमा तान्नुभो। यसले थोरै भएपनि विदेशिने युवाको संख्या कम गरेको छ। 

गगन थापा स्वास्थ्यमन्त्री रहेका बेला स्वास्थ्य बीमा कार्यक्रम लागू भयो। पहिलोपटक मन्त्री बन्दा कति कुरा बुझ्न त समय नै लाग्यो। तर, स्वास्थ्य मन्त्रालयलाई व्यवस्थित गर्न उहाँले जुन कार्ययोजना बनाउनुभो, त्यो आफैंमा एउटा उदाहरण थियो। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुगेर अहिलेसम्म कम विवादित बनेको मन्त्री सम्भवतः उहाँ नै हुनुहुन्छ। उहाँसँग जोडिएका स्वार्थ समूहहरु पनि स्वास्थ्यमन्त्री बनेपछि नै टाढिएका थिए। 

हरेक कुरा तथ्याङ्कसहित प्रस्ट राख्न सक्ने गगन दाइको विशेषता हो। अनि सँधै आफूमा होइन, टिममा विश्वास गर्ने उहाँको स्वभाव राजनीतिमा अरुभन्दा भिन्न छ। कांग्रेस पंक्तिले नेतृत्व तहमा पुर्‍यायो भने उहाँको यही स्वभाव पार्टी रुपान्तरणको पूँजी बन्न सक्छ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०३:४५
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्