काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ। निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
उनले सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत गर्न शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए। त्यसो भएमा आफूलाई पनि मान्य हुने उनको भनाइ थियो। तर, सर्वसम्मतिको कुनै प्रयास भएन। अहिलेसम्म सभापतिमा देउवाबाहेक पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।