काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
काठमाडौंमा जारी महाधिवेशनमा कोइरालाले शनिबार केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि उनी स्वयं उपस्थित नभएर स्वकीय सचिव भरत तिवारीमार्फत उम्मेदवारी दिएका थिए।
संस्थापन इतर गुटबाट सभापतिको दौडमा रहेका उनी चार जनाबीच सहमति जुट्न नसक्दा केन्द्रीय सदस्यमा मनोनयन गरेकी हुन्।
इतरपक्षबाट शेखर कोइराला र प्रकाशमानले सभापतिमा उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।