काठमाडौं- तेह्रौं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका अर्जुन नरसिंह केसीले चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
रामचन्द्र पौडेल समूहको आधिकारिक उम्मेदवार शेखर कोइरालाको प्यानलको पदाधिकारीमा नपरेपछि उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन्।
केसी तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका थिए। पछि उनी पौडेल समूहतिरै फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।