काठमाडौं- प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेकी सुजाता कोइरालाले आफूहरुले महाधिवेशनमा जित्ने बताएकी छिन्। शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले जनताले नयाँ अनुहार चाहेको बताइन्।
‘हामी सभापति र उपसभापतिको लागि लडेका होइनौं। हामीले आगामी आम निर्वाचनमा नयाँ तरंग दिन सक्छौं,’ उनले भनिन्।
उनले आफूलाई प्रकाशमानजी नै सही व्यक्ति हुनुहुन्छ भन्ने लागेको बताइन्। ‘उहाँको अनुहार नयाँ हुन्छ, मेरो पनि नयाँ हुन्छ। महिलाले नेता पाएको छैन। मैले नेतृत्व दिन सक्छु। प्रकाशमानजीले सबैलाई मिलाएर लिएर जानुहुने रहेछ,’ उनले भनिन्।
उनले कोइराला परिवारमा विभाजन नभएको दाबी गरिन्। ‘राजनीतिमा सिद्धान्त र भिजन हुन्छ। पार्टी र देशलाई कसरी अगाडि बढाउने भन्ने हुन्छ। चुनाव कसरी जिताउने भन्ने हुन्छ। यहाँ परिवारभन्दा पनि चुनावमा पार्टीलाई ठूलो बनाउने हो,’ उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।