काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी भएको छ।
आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो। महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारी फाराम लिने र दर्ता गर्नेको भीड लागेको छ।
साथै, आ-आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने प्रतिनिधि तथा कार्यकर्ताहरुको भीड पनि बाक्लिँदै गएको छ। आफ्ना उम्मेदवारको ब्यानर तथा पर्चासहित प्रचारप्रसारको क्रम तीव्र पारिएको छ।
साढे ११ बजेसम्मको अपडेट अनुसार कल्याण गुरुङले सभापतिसहित २५ जनाभन्दा बढीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरिसकेका छन्।
आज साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।