काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन्।
उनले सभापतिका दाबेदार प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
नेता सिंहको सम्पर्क कार्यालयमा आज पत्रकार सम्मेलन गरेर उक्त घोषणा गरेकी हुन्। पत्रकार सम्मेलनमा नेता सिंह पनि सँगै उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।