काठमाडौं- सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बस्दै छ।
बैठकका लागि नेताहरु अहिले पौडेलको निवास बोहराटारमा पुग्ने क्रम जारी छ। शुक्रबार अबेर रातिसम्म बसेको बैठकबाट कुनै निर्णय ननिस्केपछि आज बिहान पुन: बैठक बस्न लागेको हो।
सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने उद्देश्यका साथ शुक्रबार १४औं महाधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै उक्त पक्षका नेताहरुको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको थियो। तर, उक्त बैठक विनानिष्कर्ष टुङ्गिएको थियो।
संस्थापन इतरपक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।