• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘सत्ता’ पछ्याइरहेका देउवा, देउवालाई पछ्याइरहेका प्रश्नैप्रश्न

निशान खतिवडा शुक्रबार, मंसिर २४, २०७८  २०:५०
1140x725

काठमाडौं– उपत्यकाको दक्षिणी भाग, ललितपुरको खुमलटारमा एउटा भव्य विद्यालय छ– युलेन्स स्कूल। त्यहाँ पढाइको 'गुणस्तर' छ। कर्मचारीतन्त्रदेखि दलका नेताहरुसम्मले आफ्ना सन्तानलाई त्यो विद्यालयमा भर्ना गर्न र छात्रबृत्ति पाउन दौडधुप गरेकोबारे यदाकदा चर्चा चलिरहन्छ। युलेन्स स्कूलको अध्यक्ष हुन् डा आरजु राणा देउवा। 

अर्थात् यो विद्यालय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारभित्रकै लगानीमा सञ्चालित छ। स्वयंले नजिकैबाट युलेन्स स्कूलको गुणस्तर देखेका देउवालाई अहिलेको प्रतिस्पर्धी विश्वमा शिक्षाको आयाम र आवश्यक गुणस्तरको बारेमा पक्कै राम्रो जानकारी हुनुपर्छ। तर, प्रश्न उठ्छ: पाँच–पाँच पटक प्रधानमन्त्री हुँदा पनि उनले देशका सार्वजनिक विद्यालयहरुको गुणस्तर बढाउन कति काम गरे?

कांग्रेस सभापति देउवा सुदूरपश्चिमको डडेलधुराबाट राजनीतिमा उदाए। पाँचपटक प्रधानमन्त्री बने। तर, एउटा कटु सत्य के हो भने आज पनि उनी सुदूरपश्चिमको एउटा गाउँबाट आएको र सुदूरपश्चिम पछाडि परेको भावना भजाइरहन्छन्। पाँचौंपटक प्रधानमन्त्री हुँदा आफूले गर्नुपर्ने के थियो, त्यो दायित्व आफूबाट किन पूरा भएन भन्नेबारे भने उनी प्रायः मौन रहन्छन्। 

देउवाले जवाफ दिनुपर्ने यस्ता प्रश्नको सूची लामो छ। बिडम्बना, उनी तिनको जवाफका लागि उपलब्ध छैनन्/हुँदैनन्।

डडेलधुराको गरिब परिवारमा जन्मिएको एउटा बालकले पाउने शिक्षा र काठमाडौंमा युलेन्स स्कूलमा पढिरहेका बालबालिकाले पाउने शिक्षाको गुणस्तरमा कति फरक होला? यसबारे देउवा जति भलिभाँती जानकार अरु को होला?

दुनियाँको कटु सत्य के हो भने डडेलधुरामा हुर्किरहेका बालबालिकाले 'मैले सरकारी स्कूल पढेँ, सरकारी स्कूलमा गुणस्तर थिएन' भनेर सुख पाउँदैनन्। भविष्यमा अवसरहरुका लागि युलेन्स स्कूलका समकालीन पुस्तासँग तिनले प्रतिस्पर्धा गर्नुपर्छ। अनि त्यो प्रतिस्पर्धामा डडेलधुराका सार्वजनिक विद्यालय पढिरहेका बालबालिका कसरी खरो उत्रिन सक्लान्? पटक–पटक मुलुकको प्रमुख कार्यकारी बनेका, राज्यको शक्ति र स्रोतमा पहुँच बनाएका देउवाले यो कुरा कहिल्यै सोचे होलान्?

पटक–पटक प्रधानमन्त्री बन्दा देउवाले यो प्रश्न सामना गर्नुपर्यो या परेन भन्ने बेग्लै कुरा हो, तर यो प्रश्न सोध्ने आँट पनि धेरैले गरेनन्। देउवा पाँचौंपटक प्रधानमन्त्री बन्दै गर्दा ‘ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने’ भविष्यवाणी गरेको चर्चा भइरहेथ्यो। अर्थात् प्रधानमन्त्री बन्दाको अंक त उनले थपिरहे, तर शिक्षाको गुणस्तरजस्तै जनजीविकासँग जोडिएका प्रश्नहरुमा उनले उत्तर भने थपेनन्। 

देउवापत्नी आरजु उपचारका लागि विदेश गएका समाचार सञ्चारमाध्यममा यदाकदा आइरहन्छन्। प्रश्न यो हो कि पाँचपटक प्रधानमन्त्री भइसक्दा उनले आफैंले विश्वास गर्न सक्ने एउटै अस्पताल बनाउन किन सकेनन्? देउवा आउँदो आम निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने लक्ष्यमा छन्। त्यसकै लागि काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट देउवा फेरि सभापतिमा दोहोरिन चाहेका छन्। प्रश्न उठ्छ, फेरि पनि कांग्रेस सभापति बनेर देउवा छैटौंपटक प्रधानमन्त्री भइ नै हाले पनि के होला?

Ncell 2
Ncell 2
nimb
nimb

प्रश्न अझ धेरै सोझिएका छन्– के देउवाले सामान्यजनले स्वास्थ्योपचार गराउने सरकारी अस्पतालको अस्तव्यस्त अवस्था देखेका छैनन्? के सरकारी अस्पतालका शौचालयका दुर्गन्ध र फोहोरको अवस्था देखेका छैनन्? सरकारी अस्पतालमा बेड नपाएर निजी अस्पताल जानुपर्दा घरखेत बेच्नु पर्नेगरी थलिएका आमजनका दुर्दान्त यथार्थसँग साक्षात्कार गरेका छैनन्? हुनसक्छ, हिजो कांग्रेस आन्दोलनमा रहँदा उनले यी विषय उठाए होलान्। तर, सत्तामा पुगेपछि यी विषयमा उनी थोरै मात्र संवेदनशील बनेका भए स्वास्थ्य क्षेत्रको सुधारका लागि बोल्ने थिए। उनले नबोले पनि आँकडाले बोल्ने थिए। तर, आँकडाजस्तै उनी पनि मौन छन्, मानौं यो देशमा यस्ता समस्या नै छैनन्। 

सेवा प्रवाहमा अवस्था भद्रगोल छ। आमनागरिक दैनिक ठोक्किइरहने मालपोत वा नापी कार्यालयबाट सेवा लिने व्यक्तिलाई घुस नखुवाइ सेवा लिनु युद्ध जित्नुसरह भइसक्यो। खाद्यवस्तुको गुणस्तरबारे कहीँकतै कसैलाई चासो नै छैन। जनस्वास्थ्यको अवस्था कतिसम्म उपेक्षामा परेको छ भने खाद्यवस्तुसँगै विष खान र पिउन अभ्यस्त हुनुपरेको छ। महँगीको के कुरा, मूल्य छोइसक्नु छैन। सार्वजनिक यातायातको अवस्थाले राज्यको चेहरा छर्लंग पार्छ। भन्नुको तात्पर्य सामान्यजनका लागि कुनै पनि सेवा सहज छैन। 

के हुन्छ र देउवा आउँदा?
र, यही अवस्थाबीच देउवा कांग्रेस सभापतिमा दोहोरिन उम्मेदवार बनेका छन्। उनको आशा छ– ज्योतिषले भविष्यबाणी गरे झैं फेरि (कम्तीमा दुईपटक अझै) प्रधानमन्त्री हुने। देशकै पूरानो लोकतान्त्रिक भनिएको दल, नेपाली कांग्रेसको नेतृत्वमा फेरि देउवा नै पुग्ने चर्चा पनि पार्टी पंक्तिमा। 

तर, जे जस्ता प्रश्न असरल्ल छन्, तिनलाई केलाउँदा कांग्रेसमा देउवा नै दोहोरिए भने त्यसको प्रष्ट सन्देश जानेछ– देशमा परिवर्तन र रुपान्तरणका अजेन्डा फेरि पनि कार्यान्वयन हुने छैनन्। केही दिन पहिले मात्र एमालेमा केपी शर्मा ओली पुनः नेतृत्वमा निर्वाचित हुँदा परिवर्तन चाहने पंक्ति जसरी निराश बनेको छ, कांग्रेसमा देउवाको पुनरागमनले त्यो निराशामात्र बढाउने छैन, देशलाई अव्यवस्थामै डोर्‍याइरहने देखिन्छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विषय यत्तिमा सीमित छैन। एमालेमा अध्यक्ष ओली जुन ‘कोटरी’भित्र रहेर रमाउँछन्, कांग्रेसमा देउवालाई घेरामा राखेको स्वार्थ समूह त्योभन्दा पनि खतरनाक छ। प्रधानमन्त्रीको रुपमा उनले देशैभरका नागरिकको आकांक्षा, गुनासो र असन्तुष्टि सुन्नुपर्ने, अनि त्यसलाई सम्बोधन गर्नुपर्ने हो। तर, यस्ता आकांक्षा, गुनासा र असन्तुष्टि देउवासम्म पुग्नै सक्दैनन्, अझ भनौं पुग्नै पाउँदैनन्। त्यसको कारण के हो भने स्वार्थ समूहको घेरामा रहेर देउवा आमजनसँग पूरै ‘डिट्याच्ड’ छन्। पार्टी सभापतिका रुपमा तल्लो तहसम्म लोकतन्त्रलाई चलायमान पार्ने भूमिका खेल्न पनि उनले सामान्यजनका आवाज सुन्नुपर्ने हो। तर, देउवाले नेतृत्व गरिरहेको आजको कांग्रेसमा त्यो अवस्था छैन। 

मुलुककै पुरानो लोकतान्त्रिक दलकै निम्ति यो बिडम्बना हो कि सभापति देउवालाई भेट्नका लागि आमजन या कांग्रेस कार्यकर्ताले अनेकौं सास्ती र झमेला बेहोर्नुपर्छ। भाषणमा सुदूरपश्चिमको सामान्य परिवारबाट संघर्ष गरेर आएको भनेर नथाक्ने देउवासम्म तिनै सामान्य पृष्ठभूमिका नागरिक र कार्यकर्ताको पहुँच नपुग्नु ठूलो बिडम्बना हो। 

देउवा फेरि कांग्रेस नेतृत्वमा दोहोरिँदा यो अवस्था अन्त्य होला त? अवस्था त्यस्तो देखिँदैन। बरु, यो अवस्था झनै विकराल भएर जाने देखिन्छ। एमाले वा कांग्रेसमध्ये एउटा दल आउँदो आम निर्वाचनमा ठूलो दल बन्ने आकलनसँगै स्वार्थी झुण्ड, बिचौलिया, ठेकेदार, व्यापारी तथा सत्तासँग लाभ खोजिरहेका समूहले ओली र देउवा दुवैलाई घेरा हालिसकेका छन्। र, देउवाले त्यो घेरा तोडेर बाहिर निस्कनु कल्पनाबाहिर देखिन्छ।  

यस्तो किन पनि हो भने प्रधानमन्त्री हुँदा वा नहुँदा नै पनि देउवाको सचिवालय कसले चलाउँछ, कसरी चलाउँछ भन्ने भेउ कार्यकर्ता त परको कुरा, कांग्रेसकै नेताहरुले समेत पाएका छैनन्। अनेकौं स्वार्थ जोडिएका व्यापारी र ठेकेदारहरुको सहज पहुँचमा रहेका उनी कांग्रेसका तल्लोतहका कार्यकर्ताहरुसँग क्रमशः टाढिएका छन्। दल सार्वजनिक संस्था हो। यसमा सबैको अपनत्व हुनुपर्ने मान्यताबाट कांग्रेस टाढीनु कांग्रेस मात्र होइन, देशकै दुर्भाग्य हो। 

यसपटक महाधिवेशनका लागि तल्ला तहमा अधिवेशन भइरहँदा देउवामाथि पार्टी र राज्यसत्ताको दुरुपयोग गरेको आरोप समेत लागेको छ। जिल्लाका कार्यकर्तामात्र होइन, कतिपय केन्द्रीय नेताले नै यसपटक सत्ता र शक्तिको दुरुपयोग भएको आरोप सार्वजनिक रुपमै लगाए। पार्टीभित्रको दाउपेचका लागि राज्यसंयन्त्र र स्रोतको दुरुपयोग भएको आरोप लाग्नु लोकतान्त्रिक भनिएको दल र नेतृत्वका लागि राम्रो संकेत हुँदै होइन। लोकतान्त्रिक भनिएको दल नै सार्वजनिक उत्तरदायित्वको सिद्धान्तबाट च्यूत भएको सन्देश समग्र लोकतन्त्रकै लागि खतरा हो।

विचलनका बाहक
एकपछि अर्को विचलनको बाहक बनेका देउवामा अहिले आलोचना नसहने प्रवृत्ति समेत देखापरेको छ। बीपी कोइरालाको संगत गरेको बताउने उनी आत्मप्रशंसामा रमाउन थालेको उदाहरण प्रधानमन्त्री बनेपछिको ‘भिडियो प्रकरण’ पनि हो। देउवाको सहयोगमा लाभको पद पाएका कतिपय व्यक्तिहरुलाई अगाडि सारेर उनको सचिवालयले देउवाको स्तुती गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्न थालेको थियो। त्यसको पार्टीभित्रैबाट चर्को आलोचना भएपछि देउवाले ‘आफ्नो जानकारीबेगर गरिएको’ दाबी त गरे, तर त्यसरी विरोध गर्नेहरुमाथि समयक्रममा प्रतिशोध साँध्न थालिएको चर्चा पनि कांग्रेसवृत्तमा छ। 

गिरिजाप्रसाद कोइराला सभापति रहँदा कांग्रेसमा आन्तरिक लोकतन्त्रको बिषयलाई पटक–पटक उठाउने देउवा स्वयंले दल सञ्चालनमा भने कहिल्यै लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिएनन्। पार्टीका केन्द्रीय विभागहरुको गठनदेखि भातृ संस्थासम्ममा अन्योल रहिरह्यो। असन्तुष्टिहरु सम्बोधन गर्न उनले लोकतान्त्रिक विधि तय गर्ने जाँगर देखाएनन्। लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई बलियो पारदर्शिताको अभ्यासमा अरुचिले देउवाको विचलन नै देखायो। 

कांग्रेस नेतृत्वमा फेरि देउवाकै पुनरावृत्ति हुनुपर्ने वकालत गरिरहेका उनी पक्षधरहरु भन्दैछन्– ‘कम्युनिस्टको बहुमत हुँदा पनि सत्तामा पुगेकाले देउवा नेतृत्व र सत्ताका लागि सबल र योग्य हुन्। उनीहरु अझै भन्दैछन्– यतिबेला कम्युनिस्टहरु फुटेकाले फेरी कांग्रेसको बहुमत आउँछ। 
अर्थात् कांग्रेसले नागरिकलाई परिवर्तन र रुपान्तरणका कामहरु देखाएर जित्ने कुनै आधार छैन। स्वयं देउवाका समर्थकहरुलाई नै पनि उनका उल्लेखनीय कामको कमै स्मरण होला। त्यसैले त उनीहरु कांग्रेसको शक्ति कम्युनिस्टहरुको विभाजनलाई मानिरहेका छन्।

कांग्रेसमा अहिले नेतृत्व परिवर्तनदेखि रुपान्तरणको आकांक्षा राख्ने पंक्ति ठूलो छ। महाधिवेशन प्रतिनिधिमा पनि त्यस्ता धेरै अनुहार आएका छन्। उनीहरु कांग्रेसमा परिवर्तनको आकांक्षा राख्छन्। अनि गरिब तथा निम्न वर्गीय समर्थक, कार्यकर्ता, शुभचिन्तक र बलियो लोकतन्त्रका लागि पारदर्शी र जवाफदेही दलको चाहना राख्ने उनीहरुका लागि देउवाको पुनरागमनले निराशा बढाउनेछ। तिनले प्रश्न गर्नेछन्– पाँच पटक प्रधानमन्त्री हुँदा देशको शिक्षाको गुणस्तरमा के काम भयो? तिनले सोध्नेछन्– पाँचपटक प्रधानमन्त्री हुँदा गाउँ–गाउँका कांग्रेसकै गरिब कार्यकर्ताले परिवर्तन अनुभूति गर्ने अस्पतालहरु किन बनेनन्? तिनले प्रश्न गर्नेछन्– शेरबहादुरकै सन्तान त विदेश पढे, तर जनताका छोराछोरी पढ्ने विश्वविद्यालय किन अधोगतितिर? तिनले प्रश्न गर्नेछन्– किन गाउँगाउँका प्राकृतिक स्रोतसाधन ठेकेदार र विचौलियाको कब्जामा छन्? अनि तिनले सोध्नेछन्– देशकै लोकतान्त्रिक दल भएर हाम्रा लागि बोलिदिने को?

कांग्रेसभित्रकै एउटा तप्का भनिरहेछ– देउवा फेरि नेतृत्वमा आए यी प्रश्नहरु अनुत्तरित नै रहनेछन्। किनभने उनीसँग आमजन र सामान्य कार्यकर्ताका गुनासा र प्रश्न सुन्ने समय र संयन्त्र दुवै छैनन्। र, देउवा स्वयंले आत्ममूल्यांकन गरे भने पनि तस्बिर योभन्दा भिन्न पाउने छैनन्। कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुका मनमा चाहिँ यी प्रश्नहरुले कति घच्घच्याउलान्? 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २०:५०
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्