काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्भव भएसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै निधिले सर्सवसम्मतिमै नेतृत्व चयन गर्ने प्रस्ताव अगाडि सारेका हुन्।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले महाधिवेशनको पूर्वसन्ध्यामा सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए। शुक्रबार उद्घाटन सभामा पनि उनले सर्वसहमतिमा सभापति चयन गर्न उपयुक्त हुने दोहोर्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।