काठमाडौं- धर्म निरपेक्षताप्रति असन्तुष्टि राख्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले त्यो शब्द नै ठीक नभएको बताएका छन्।
शुक्रबार कांग्रेसको चौधौं महाधिवशेनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, 'मेरो व्यक्तिगत धारणाबाट के भन्न चाहन्छु भने, धर्म निरपेक्षता शब्द ठीक होइन। धर्म निरपेक्ष हुँदैन, न त धर्म सापेक्ष हुन्छ। धर्म त स्वतन्त्र हुन्छ। यो पछिका कुरा हुन्।'
कोइरालाले सिद्धान्तको लडाइँ समाप्त भएको बताए। ‘नयाँ संविधान हामीले दियौं, सुशील कोइरालाले दिनुभयो। त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ। संविधानमा केही त्रुटिहरु होलान्। संविधान कुनै लकिरको फकिर हुँदैन। संविधानमा परिवर्तन हुँदै जान्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।