काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एक्लै हिँड्ने अहंकार कसैले गर्न नहुने बताएका छन्। कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै एक्लै हिँड्ने अहंकार कसैले गर्न नहुने बताएका हुन्।
‘कतिपय साथीहरु एक्लै हिँड्नुपर्छ भन्नुहुन्छ। एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौँ। हामी मिलेरै हिँड्ने हो,’ प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रपितस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि एकता खोजी राख्नैपर्छ।’
गत वर्षदेखि परिवर्तनका उपलब्धिलाई उल्ट्याउने संकेतहरु देखापर्न थालेको प्रचण्डले बताए। ‘गत सालदेखि नै परिवर्तनका उपलब्धिलाई उल्ट्याउने संकेतहरु देख्यौं। अहिले त्यस खालका कहीँ न कहीँ खतराहरु मडारिरहेका छन्। हामी सबै लोकतन्त्रका निम्ति, गणतन्त्रको निम्ति, शान्तिको निम्ति एक हुनुपर्नेछ,’ प्रचण्डले भने।
सत्तामा हुँदा धरती छोड्ने प्रवृत्तिले जनतासँगको सम्बन्ध टुट्ने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।