काठमाडौं- एसेज सिरिजको पहिलो टेस्ट खेलमा इङ्ल्याण्डले दोस्रो इनिङ्समा उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो इनिङ्समा २ सय ७८ रनले पछि परेको इङ्ल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गर्दै तेस्रो दिनको समाप्तिमा ७० ओभरमा २२०–२ को बलियो अवस्थामा छ। समग्रमा इङ्ल्याण्ड ५८ रनले पछि परेको छ।
इङ्ल्याण्डका कप्तान जो रुट ८६ रनमा अविजित छन्। उनले १ सय ५८ बलमा १० चौका प्रहार गरे। डेविड मलान ८० रनमा अविजित छन्। ओपनर हसिब हमिद २७ र रोरी बन्रस १३ रनमा आउट भए। तीव्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले १–१ विकेट लिए।
अस्ट्रेलियाले पहिलो इनिङ्स तेस्रो दिन पहिलो सेसनमा १०४.३ ओभरमा ४ सय २५ रनमा अलआउट भयो। अस्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेडले सर्वाधिक १ सय ५२ रन बनाए। हेडले मात्र ८५ बलमा शतक प्रहार गरेका थिए। उनले १ सय ४८ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।
टेस्ट करिअरको हेडको तेस्रो तथा एसेज सिरिजमा पहिलो शतक हो। मिचेल स्टार्क ३५ रनमा आउट भए। ओपनर डेविड वार्नर शतक बनाउनबाट चुके। तीव्र गतिका बलर ओली रोविन्सनको स्लो बलमा वार्नर कभरमा बेन स्टोक्सबाट क्याच आउट भएपछि शतक बनाउन ६ रनले चुकेका थिए।
उनले १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ बनाए। यता, मार्नस लाबुसेन ७४ रनमा क्याच आउट भए। १ सय १७ बल खेलेका लाबुसेनले ६ चौका र २ छक्का प्रहार गरे।
स्टिभ स्मिथ, एलेक्स केरी र प्याट कमिन्स १२–१२ रनमा आउट भए। इङ्ग्ल्याण्डका ओली रोविन्सनले सर्वाधिक तीन विकेट लिएका छन्। जो रुट, मार्कवुड, ज्याक लेच र क्रिस वोक्सले १–१ विकेट लिए। इङ्ल्याण्डका ओली रोविन्सन र मार्क वुडले ३-३ विकेट लिए। क्रिस वोक्सले २, जो रुट र ज्याक लेचले १–१ विकेट लिए।
यसअघि ब्रिसबेनमा कप्तान प्याट कमिङसको घातक बलिङसँगै अस्ट्रेलियाविरुद्धको एसेस क्रिकेट सिरिजअन्तर्गतको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इङ्ल्याण्ड १४७ रनमा अलआउट भएको थियोे।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्ड ५०.१ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको हो। इङ्ग्ल्याण्डका लागि जोस बटलरले सर्वाधिक ३९ रन जोडे। उनले ५८ बलमा ५ चौका प्रहार गरे।
यता, ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए भने हसिव हमिद २५ रनमा आउट भए। उनले ७५ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने अस्ट्रेलियासामू दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता, ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए भने हसिव हमिद २५ रनमा आउट भए। उनले ७५ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने अस्ट्रेलियासामू दोहोरो अंकमा रन बनाउन सकेनन्।
इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका कप्तान प्याट कमिङसले सर्वाधिक ५ विकेट हात पारे। उनले १३.१ ओभर बलिङ गर्दै ३ मेडन राखेर ३८ रन खर्चिए। कमिङसको कप्तानीको यो पहिलो टेस्ट हो।
यता, मिचेल स्टार्क र जोस ह्याजलउडले समान दुई/दुई विकेट लिए भने क्यामरोन ग्रिनले एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।