काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनको उद्घाटन समारोह भइरहेको भृकुटीमण्डप पुगेका छन्। सभापति देउवा पौने २ बजे भृकुटीमण्डप पुगेका हुन्।
दिउँसो १ बजे सुरु हुने भनिएको उद्घाटन कार्यक्रम अझै सुरु हुन सकेको छैन। पार्टीका उच्च तहका अन्य केही नेताहरु पनि मञ्चमा पुगिसकेका छन्। उपस्थित हुने वा नहुने भन्ने अन्योलमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महाधिवेशनस्थल पुगेका छन्।
कांग्रेस नेताहरुका अतिरिक्त अन्य विभिन्न पार्टीका नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन्। कांग्रेसलाई बधाई दिनको लागि नेपालका सबैजसो प्रमुख पार्टीका नेताहरु उपस्थित हुने कार्यक्रम छ।
नेपाली कांग्रेको १४औं महाधिवेशन शुक्रबारदेखि आइतबारसम्मका लागि आयोजना गरिएको छ। भोलिदेखि निर्वाचन कार्यक्रम सुरु हुने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।