काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनमा सहभागी हुन वरिष्ठ नेता रामचन्द्र पौडेल तयार भएका छन्।
आज भृकुटीमण्डपमा उद्घाटन हुन लागेको कांग्रेसको १४ औं महाधिवेशनमा पौडेल सहभागी हुन आनाकानी गरेपछि नेताहरु उनलाई मनाउन बोहराटारस्थित निवास पुगेका थिए।
नेताहरु मिनेन्द्र रिजाल,बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिँह केसी, गगन थापा लगायतका नेताहरुसँग छलफलपछि वरिष्ठ नेता पौडेल महाधिवेशनमा उपस्थित हुन राजी भएका नेताहरुले जानकारी दिए।
यसअघि नेता विमलेन्द्र निधिले पनि पौडेललाई फोन गरेर महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।