काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन्।
सभापतिको उम्मेदवारी घोषणा गरिसकेका नेता निधिले वर्तमान सभापति शेरबहादुर देउवाले पौडेललाई सभापति बनाउन प्रस्ताव गरे आफूलाई मान्य हुने, नभए सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन्।
शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता निधिले पौडेललाई सभापति बनाउँदा एकताको सन्देश जाने बताए।
बारम्बार प्रधानमन्त्री र सभापति भइसकेका देउवाले पार्टीलाई मिलाएर लैजान पौडेललाई सभापतिमा प्रस्ताव गर्नुपर्ने उनको भनाइ थियो।
उनले बिहीबारको बैठकमा पौडेल सहभागी नहुनु दु:खद् भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।