काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सहभागी हुन आनाकानी गरेको चर्चाकाबीच सभापतिको उम्मेदवारी घोषणा गरेका नेता विमलेन्द्र निधिले उनलाई फोन गरेका छन्। 
शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै नेता निधिले पौडलेलाई फोन गरेका हुन्।
यसअघि पौडेल बिहीबारको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिएनन्। 
वरिष्ठ नेता उद्घाटनमा सहभागी नहुने कुरा उपयुक्त नभएको भन्दै निधिले पौडेललाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको जनाएका छन्। जवाफमा पौडेलले 'हुन्छ' भनेको निधिको भनाइ छ। 
संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने प्रयास जारी रहेको भए पनि नेताहरुबी सहमति जुट्न नसक्दा इतरपक्ष निराश बनेको छ। यतिबेला पौडेल निवास बोहोराटारमा नेताहरु छलफल गरिरहेका छन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।