काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने भनिएको यो महाधिवेशनबाट मूलतः आगामी नेतृत्व चयन हुनेछ। कांग्रेसले नीति महाधिवेशन पछि बेग्लै गर्ने भनिसकेको छ।
यो महाधिवेशनले अधिकांश पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ। एक जना कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य पछि मनोनित हुनेछन्।
यसअघि पदाधिकारीमा सभापति-१, महामन्त्री- १ र कोषाध्यक्ष- १ को लागि मात्रै निर्वाचित हुने व्यवस्था थियो। यसपटक भने मनोनित गरिने व्यवस्थालाई खुम्च्याइएको छ।
कसरी गठन हुन्छ त नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति? कांग्रेस विधानमा रहेको व्यवस्था यसप्रकार छः
पदाधिकारी
सभापति- १ जना
उपसभापति- २ जना
महामन्त्री- २ जना
सहमहामन्त्री- ८ जना [महिला- १, आदिवासी जनजाति- १, दलित- १, मधेसी- १, खसआर्य- १, थारु- १, मुस्लिम- १, पिछडिएको क्षेत्र- १]
कोषाध्यक्ष- १ [सभापतिबाट प्रस्तावित भई निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित/ मनोनित]
केन्द्रीय सदस्यहरुः
खुला– ३५ जना
महिला- ९ जना
प्रदेश- २१ जना [प्रत्येक प्रदेशबाट एक जना महिलासहित ३ जना]
दलित – ९ जना [४ जना महिलासहित]
आदिवासी जनजाति- १५ जना [७ महिलासहित]
खसआर्य- १३ जना [६ महिलासहित]
मधेसी- ९ जना [४ महिलासहित]
थारु- ४ जना [२ महिलासहित]
मुस्लिम- ३ जना [१ महिलासहित]
पिछडिएको क्षेत्र- १ जना
अल्पसंख्यक- १
अपांगता भएका- १
सभापतिबाट मनोनित- ३३ जना [एक तिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अलपसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी सभापतिले मनोनित गर्ने]


                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।