काठमाडौं- रक्षामन्त्री एवं कांग्रेस नेता मीनन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताएका छन्। 
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका रिजालले शुक्रबार पत्रकारसँगको भेटघाटमा प्रधानमन्त्री रुपमा देउवाप्रति शत प्रतिशत 'लोयालिटी' भएपनि पार्टी सभापतिको रुपमा फरक मत रहेको बताए।
अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए मतदानमा जनताले नपत्याउने उनको भनाइ थियो। 
'अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए जनताले पत्याउँदैनन्। त्यही भएर पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ' उनले भने, 'शेरबहादुर देउवा दोहोरिनु हुँदैन।'
अहिलेकै नेतृत्वले आम चुनावमा कांग्रेसमा उत्साह नआउने उनको भनाइ थियो। 
संस्थापन इतरमा ५१ प्रतिशत पुर्याउन दुई अढाइ सय मत कम हुन सक्ने उनले बताए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।