• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

गगनबाट कांग्रेस रुपान्तरणको आश गर्नेहरू

डिबी खड्का/पुष्पा केसी बिहीबार, मंसिर २३, २०७८  २२:३४
1140x725

काठमाडौं– नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको पूर्वसन्ध्यामा छ। अब कांग्रेसको नेतृत्व गर्ने चाहना राख्ने नेताहरूले आफूलाई अनेक तरिकाले प्रस्तुत गरिरहेका छन्। 

कांग्रेस महामन्त्रीका दाबेदारमध्ये एक गगन थापाले बिहीबार काठमाडौंको प्रज्ञा भवनमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा र अवधारणा पत्र सार्वजनिक गर्न कार्यक्रम गरे। कार्यक्रमबाट उनले आम कांग्रेसजनलाई आफ्नो उम्मेदवारीको कारण अर्थ्याए। आफूले नेतृत्व प्राप्त गर्दा बनाउन चाहेको कांग्रेस र देशको ‘अवधारणा पत्र’ सार्वजनिक गरे। 

परम्परागत अभ्यासभन्दा फरक तरिकाले अघि बढ्न खोजेका थापाले यसपल्ट अपेक्षित उपलब्धि हासिल गर्न सक्लान् वा १३औं महाधिवेशनको अर्को संस्करण भोग्लान्? त्यसको निर्क्योल हुन अझै केही दिन लाग्नेछ। 

तर, प्रज्ञा भवनमा कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिले थापाप्रतिको विश्वास भने झल्काउँछ। नयाँ पुस्ताका प्रतिनिधिहरूले उनीप्रति आशा गरेका छन् भने कांग्रेसलाई नयाँ पुस्ताको समेत पार्टी बनाउन चाहनेले उनको नेतृत्व जरुरी रहेको महसुस गरेका छन्।

नयाँ पुस्ताको आशा 
थापाको कार्यक्रममा आउनेमा धेरै महाधिवेशन प्रतिनिधि थिए। महामन्त्रीका उम्मेदवार थापालाई शुभकामना दिन मात्रै होइन, यसपल्ट जिताइछाड्ने प्रतिबद्धता समेत बोकेर त्यहाँ पुग्नेहरू थिए। तिनैमध्येकी एक हुन्, गोरखाकी प्रतिमा भट्ट। २०६८ सालपछि कांग्रेस राजनीतिमा लागेकी उनी आफूलाई ‘चौथो पुस्ताकी कांग्रेस’का रुपमा चित्रित गर्छिन्।  

यसपल्ट नेपाली कांग्रेसको नेतृत्वमा विगतभन्दा फरक परिणाम आउनेमा उनी आशावादी छिन्। नयाँ भिजन भएका र आफ्नो मुद्दा स्थापित गर्न सक्ने नेताहरू यसपल्ट प्रतिनिधिहरूको छनोटमा पर्ने उनको बुझाइ छ। भन्छिन्, ‘मर्निङ सोज द डे भनेजस्तै हामी प्रतिनिधिमा छानिएरै कांग्रेसमा केही फरक हुने संकेत दिइसक्यौं। देशभरबाट धेरै युवाहरू प्रतिनिधि भएर आउनु भनेको नेतृत्वमा पनि भिजनसहितको युवा नेता छान्छौं भन्ने हो।’

कांग्रेस महामन्त्रीमा दुईजनालाई भोट दिन पाइनेछ। एउटा भोट उनले गगन थापालाई दिने उनले निश्चित गरिसकेकी छन्। ‘महामन्त्री गगन थापा किन?’ भनेर नेपाल लाइभले गरेको प्रश्नमा भट्टको उत्तर छ, ‘अहिलेसम्म देखेको नेता हजुरबा पुस्ताको हुनुहन्छ। उहाँहरूले आफ्नो क्षमताले सक्ने काम गर्नुभयो। अब थाकिसक्नुभयो। ६० वर्षअघिको अजेण्डाले कांग्रेस अघि बढ्न सक्दैन।’

विपीले देखेको समाजवादबाट केही वर आएर सोच्नुपर्ने उनले बताइन्। ‘अब विपीले भनेजस्तै एकहल गोरु, एउटा दुहुनो गाइ र बस्ने एउटा घरमा मात्रै सीमित रहेको हुँदैन,’ उनको तर्क छ, ‘आफ्नै घर नभएर केही हुँदैन, बस्नका लागि छत होस्। हरेक युवा अर्थोपार्जनमा जोडिऊन्। राजनीतिसँगै पेट भर्ने नेता होऊन्।’

Ncell 2
Ncell 2
nimb
nimb

युवाको पार्टी बनाउने चाहनाको केन्द्रमा गगन
नेपाली राजनीतिमा अमिट छाप छाडेर केही समयअघि मात्रै दिवंगत भएका कांग्रेस नेता हुन्, गिरिजाप्रसाद कोइराला। भोजपुरबाट कांग्रेसकै महाधिवेशन प्रतिनिधि छानिएर आएका छन्, त्यही नाम बोकेका अर्का गिरिजाप्रसाद कोइराला। उनलाई कांग्रेसले नेतृत्व परिवर्तन खोजिरहेको महसुस भइरहेको छ। 

थापाको कार्यक्रमस्थलमै भेटिएका उनले भने, ‘म सुदृढ र गतिशील कांग्रेस चाहन्छु। युवालाई साथ लिएर अघि बढ्ने सिर्जनशील, दृढ र ऊर्जाशिल नेता चाहन्छु। यो महाधिवेशनबाट त्यस्तो नेतृत्व ल्याउने प्रयास रहनेछ।’ कांग्रेसलाई ‘बुढाहरूको बुढो पार्टी’को संज्ञा दिँदा उनको चित्त दुख्छ। त्यही आरोप चिर्न पनि उनी यसपल्ट पुरानो पुस्तालाई सम्मान गरेर नयाँ पुस्तालाई अघि बढाउन चाहन्छन्। नयाँ पुस्ताका नेताहरूमा उनको रोजाइका एउटा नेता थापा नै हुन्। 

पाल्पा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका लक्ष्मण भट्टराई पनि थापालाई महामन्त्रीका रुपमा हेर्न चाहन्छन्। आफूले मात्रै नभइ धेरैले थापालाई कांग्रेसको नेतृत्व तहमा पुगेको हेर्न चाहिरहेको दाबी उनको छ। उनले भने, ‘मलाई मात्रै होइन, थापाले कांग्रेस र भविष्यमा देशको नेतृत्व गर्दा मात्रै देश बन्छ भन्ने धेरैलाई लागेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युवा भएकाले मात्रै होइन, शैक्षिक र राजनीतिक अजेन्डाका कारणले पनि थापाले जित्नैपर्ने उनी बताउँछन्। थप्छन्, ‘जो समाजप्रति बफादार देखिन्छ। समुन्नत नेपाल बनाउने अजेन्डा जोसँग छ। उसलाई हामीले जिताउनेछौं।’ देशमा आमूल परिवर्तन कसैले गर्छ भने कांग्रेसले गर्छ भन्ने विश्वास आमजनमा दिलाउन पनि थापा जस्तै नयाँ पुस्ताका नेताहरूको कांग्रेस नेतृत्वमा प्रवेश जरुरी रहेको उनी बताउँछन्। 

राजनीतिक परिवर्तनमा समेत यो पुस्ताले योगदान गरेको बताउँदै देशको अवस्था परिवर्तनमा भूमिका खेल्न सक्ने उनको विश्वास छ। भन्छन्, ‘उनी महामन्त्री बन्नुपर्ने प्रशस्त कारण छन्। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै गर्दा जनतामै फर्काउने आन्दोलनमा उनको भूमिका छ। साढे ८ महिना स्वास्थ्यमन्त्री बन्दा गरेका कामले उनको सफलता देखाउँछ।’

गुटको घेरा तोड्ने विश्वास
बारा क्षेत्र नम्बर १, निजगढबाट प्रतिनिधि चयन भएका हुन् विष्णु खड्का। नेपाली कांग्रेसमा चलिरहेको गुटको गोलचक्करसँग खड्का भलिभाँती परिचित छन्। तर, यसपल्ट केन्द्रीय नेतृत्व चयन गर्दा गुटको घेराभन्दा माथि उठ्नुपर्ने राय छ उनको।

विगतमा राम्रा नेताहरू पनि गुटको गणनामा नपर्दा हारेको दृष्टान्त छन्। त्यसलाई पृष्ठभूमिमा लिँदै उनी भन्छन्, ‘यसपल्ट गुटभन्दा माथि उठेर नेतृत्व चयन गर्छौं। पार्टी नाजुक बनेको छ। गुटभन्दा माथि उठेर पार्टी जोगाउनुपर्छ। पार्टी जोगाउने नेतृत्वलाई मतदान गर्नुपर्छ।’

लामो इतिहास बोकेको कांग्रेसलाई २१औं शताब्दीको मर्मअनुसार नेतृत्व गर्ने नेता चुन्ने अपेक्षासहित आएको उनले बताए। नयाँ समयअनुसारको नेतृत्व गर्ने क्षमता भएको एउटा नेता उनले महामन्त्रीका उम्मेदवार थापा देखेका छन्। 

नेपाल विद्यार्थी संघको सिटिइभिटीका उपाध्यक्ष लोकेन्द्र शाही गुटका हिसाबले सभापति शेरबहादुर देउवा निकट हुन्। सभापतिमा उनी देउवाको विकल्प देख्दैनन्। तर, महामन्त्रीमा गुटको घेरा तोडेर नयाँ पुस्ताका नेताहरूलाई जिताउनुपर्नेमा जोड दिन्छन्। उनलाई अहिलेको माहोल हेर्दा पनि नेतृत्वमा युवाको वर्चस्व रहने विश्वास छ। महामन्त्रीमा थापाका विषयमा उनी भन्छन्, ‘गुटको घेरा तोडेर जनताको आवाज बन्ने र जनताको पसिना पुछ्ने व्यक्तिलाई जिताउनुपर्छ।’ 

थापाको प्रतिबद्धता
कांग्रेसजनको अपेक्षा जस्तै थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरण’को प्रस्ताव अघि सारेका छन्। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणामा उनले आफूले बनाउन चाहेको कांग्रेस र देशको 'शब्दचित्र' प्रस्तुत गरेका छन्। 

उक्त अवधारणा पत्र सार्वजनिक कार्यक्रममा थापाले आफू महामन्त्रीमा निर्वाचित भए गलत व्यक्तिलाई छानिएछ भनेर सोच्ने अवस्था आउन नदिने प्रतिबद्धतासमेत जनाए। 

आफूले विद्यार्थी आन्दोलन, सांसद तथा मन्त्रीको रुपमा काम गर्दा कांग्रेसजन सदस्यको शीर निहुरिन नदिएको उल्लेख गरे। ‘यो केटो, साथी, भाइ, दाइ, छोरा कांग्रेस हो भन्दै गर्दा ‘यस्तो पनि कांग्रेस हुन्छ?’ भन्ने अवस्था मैले आउन दिएको छैन’, उनले भने, ‘भोलि महामन्त्री हुँदै गर्दा पनि, तपाईंले मलाई मत हाले पनि, नहाले पनि, म महामन्त्री भएर काम गर्दै गर्दा नेपाली कांग्रेसको महामन्त्री गलत व्यक्तिलाई छानिएछ भनेर एक क्षण पनि तपाईंले सोच्ने अवस्था आउने छैन।’

कांग्रेसको महामन्त्री भएर पार्टीको गौरवशाली परम्परालाई ठेस नपुर्‍याइकन अगाडि बढाउने उनले बताए। ‘थप समृद्ध बनाउनेछु भन्ने विश्वास लिएर शपथ खाएर तपाईंहरूको बीचमा उभिएको छु’, उनले भने, ‘बाँकी तपाईंहरूको हातमा छ। तपाईंहरूले जिम्मा दिँदै गर्दा त्यो विवेकको मतलाई एउटा मतमाथि पनि अन्याय हुन दिन्नँ।’

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  २२:३४
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्